विद्यार्थीलाई बचत बानीकाे संस्कार सिकाउन रमाना पाठशालाकाे अब्बल प्रयास

शिक्षण सिकाइ प्रक्रियामा संस्कार र संस्कृतिसहितकाे केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यहरु गरिरहेको हुन्छ । दाङको घोराही उपमहानगरपालिका १२ रमनामा रहेको सो पाठशालाले बुधबार दशैं विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।

विद्यार्थीहरुलाई पठनपाठनमा सिर्जनशीलताकाे माध्यमबाट सिर्जनात्मकताकाे आयाममा टेवा पुर्‍याउने जमर्को गरिरहेकाे साे विद्यालयले दशै मिलन कार्यक्रमकाे अवसरमा हरेक विद्यार्थीलाई एक सेट खुत्रुके प्रदान गरेकाे छ । फजुल खर्ज गर्ने बानीलाई बचत गर्ने बानीकाे विकास गर्न विद्यार्थीलाई खुत्रुके हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल बिष्णु हमालले जानकारी दिए । हमालले १ महिने बिदाकाे समयलाई सहि ढंगले सदुपयोग गरि नयाँ ज्ञान आर्जन गर्न सबै विद्यार्थी लाग्नुपर्नेमा जाेड दिँदै अभिभावकहरु पनि आफ्ना बच्चाबच्चीहरुले के गरिरहेका छन् भनेर पलपल ध्यान खिचिरहन जरुरी रहेकाे बताए ।

पाठशालाले शैक्षिक पाठ्यक्रमको सिर्जनात्मक अध्यापनको अलावा बढदो विज्ञान प्रविधि र माटोको आवश्यकतालाई बोध गर्ने खालको रचनात्मक पठनपाठनलाई प्राथमिकता दिइएको बताएको छ। विद्यालयले ३ सय विद्यार्थीमध्ये ६० जना दलित, जेहेन्दार, गरीव, जनजाति तथा विपन्नलाई निःशुल्क पठन पाठन गराइरहेको जनाएको छ ।

मल्टिमिडियामा आधारित अध्यापन रहेको रमना पाठशालामा होली, माघी, दशैँ, धान दिवस, तीजलगायत सांस्कृतिक पर्वमा विद्यार्थीहरुकै सहभागितामा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation