बस र मोटरसाइकल ठोक्किदा प्यूठानका दुई युवाको मृत्यु


रुपन्देही, चैत २९
रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान घर भएका मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएकोे छ । पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना.६ ख.९४१ नंबरको बस र बुटवलबाट प्यूठान आउँदै गरेको लु.२४ प.९७६८ नंबरको मोटरसाइकल बिहान साडे पाँच बजेतिर ठोकिदा प्यूठानको झिमरुक गाउँपालि १ सौतामारेका ४१ बर्षिय संजय खनाल र बाँदीकोट २ का अन्दाजि २१ बर्षिय फिरोज क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation