अग्नि सिमेन्टको लुप्लुङमा अबैध चुनढुङगा उत्खनन्, किन चुपचाप सरोकारवालाहरु ?

कम्पनीले प्रभावित क्षेत्रका पीडितलाई उचित क्षेतिपुर्ति नदिने, माइनिङ स्किम अनुसारको बक्स÷ बेन्च कटिङ नगरी एकतर्फी छाँगो बनाउने, सडकभार भन्दा बढी ३२ टनसम्म ढुवानी गर्ने, भूमिको पुनः प्रयोगको सिद्धान्तलाई बेवास्ता गर्दै निजि जग्गाको दश मिटरको दुरी कायम नगर्ने, गत दुई बर्ष अगाडि खानी तथा भूगर्भ विभागले निर्देशन गरेको १३ बुँदे निर्देशनको विपरित उत्खनन् गर्ने, कायम , प्रचलित ऐन कानुनको धज्जी उडाउदै दैनिक क्षमताभन्दा चार गुणा बढी उत्खनन् गर्दै भूगोलको दोहन गर्ने लगाएका समस्या भइरहेको स्थानीयबासी एवम् सामाजिक अगुवा गंगाराम भण्डारीले बताए ।

शुभ श्री अग्नी सिमेन्ट उद्योग प्रा.लि. ले नौबहिनी गाउँपालिकाको लुप्लुङमा अबैध रुपमा दादागिरीपूर्ण ढंगले चुनढुङगा उत्खनन् गरिरहेको पाइएको छ । खानी तथा भू–गर्भ विभागमा सातताले सामुदायिक वनको ४.९ हेक्टरको दर्ता भएको तर कम्पनीले आफ्नो ४.९ हेक्टर भन्दा बाहिर गएर आसपासका अन्य स्थानीयका भिर तथा वारीहरुमा अबैध रुपमा उत्खनन् गरिरहेको हो । विगत २०६९ साबाट जारी विभिन्न आन्दोलन, संघर्ष र स्थानीयका खास मुद्दामा बेखबर हुँदै २०७३ सालबाट उक्त कम्पनीले त्यहाँ चुनढुङगा उत्खनन् गरिरहेको छ । स्थानीय जनतालाई तथाकथित विकास र समृद्धिको भ्रम छर्दै खानी उत्खननमा त्यहाँका छानिएका प्रतिनिधिहरुले उत्खनन् सहमति गरेका थिए यद्यपि उसले गाउँका जनप्रतिनिधिसँग गरेको स्थानीय सहमतिमा उसको(कम्पनी पक्षको) माइनिङ एरिया करिब २२ ÷ २५ रोपनी मात्र उत्खनन् गर्ने प्रतिबद्धता जाहेर गरेको थियो तर हाल आएर ४.९ हेक्टरभन्दा पनि बाहिर गएर निजी जग्गामा सार्वजनिक मोटरबाटोसमेत घण्टौँसम्म जाम गरेर उत्खनन् गर्नु कम्पनीको हद दर्जाको दादागिरी र लापरबाही भएको स्थानीयहरुको आक्रोश छ । यसरी सबै घटनाक्रम र वस्तुस्थिति बुझ्दा जनतालाई झुक्याएर÷छक्याएर तत्कालीन रुपमा कम्पनीले खानी दर्ता गरेको पाइन्छ ।


कम्पनीको घातप्रतिघातमा सरोकारवाला मौन


तत्कालीन शिवम् सिमेन्ट कम्पनीबाट सुरु भएको लुप्लुङका स्थानीय जनता विरुद्धको झालसाँझि र षड्यन्त्रको श्रृङखला अग्नि सिमेन्टसम्म आउँदा चरम उत्कर्षमा पुगेको छ । विभिन्न अध्ययन र खोजपश्चात् चुनढुङगा खानी रहेको प्रमाणित गरेपछि त्यसको लाईसेन्स शुभ श्री अग्नि सिमेन्ट उद्योग प्रालिलाई बेचेको थियो । गाउँमा विद्यालय, सामुदायिक वनको भवन कम्पनीले निर्माण गरिदिने र मोटरबाटो आउने भएपछि त्यहि लोभमा गाउँका तथाकथित बुद्धिजीवी र राजनीतिक दलका प्रतिनिधिहरुको रोहबरमा सातताले सामुदायिक वनमार्फत उक्त वन अग्नि सिमेन्टलाई उत्खनन् गर्नेे जिम्मा दिइएको थियो । कम्पनीले प्रभावित क्षेत्रका पीडितलाई उचित क्षेतिपुर्ति नदिने, माइनिङ स्किम अनुसारको बक्स÷ बेन्च कटिङ नगरी एकतर्फी छाँगो बनाउने, सडकभार भन्दा बढी ३२ टनसम्म ढुवानी गर्ने, भूमिको पुनः प्रयोगको सिद्धान्तलाई बेवास्ता गर्दै निजि जग्गाको दश मिटरको दुरी कायम नगर्ने, गत दुई बर्ष अगाडि खानी तथा भूगर्भ विभागले निर्देशन गरेको १३ बुँदे निर्देशनको विपरित उत्खनन् गर्ने, कायम , प्रचलित ऐन कानुनको धज्जी उडाउदै दैनिक क्षमताभन्दा चार गुणा बढी उत्खनन् गर्दै भूगोलको दोहन गर्ने लगाएका समस्या भइरहेको स्थानीयबासी एवम् सामाजिक अगुवा गंगाराम भण्डारीले बताए । प्राणमञ्चसँगको कुराकानी उनले भने कम्पनीले सम्झौता गर्ने क्रमदेखिकै गडबडीका सबै विषयमा स्थानीय जनताले निरन्तर संघर्षरत छौँ तर सबै निकाय तैँ चुप मैं चुप छन् । यो विषयमा कम्पनीका फिल्ड प्रतिनिधि शिव अर्यालले लगातार फोन स्विचअफ गरेका कारण सम्पर्क हुन सकेन । उता नौबहिनी गा.पा. अध्यक्ष शिव रिजाल लगाएतका जनप्रतिनिधिलाई पटक–पटक जानकारी र खबरदारी गर्दा पनि कानमा तेल हालेर बस्नु हदैसम्मको लापरवाही भएको स्थानीयहरुको गुनासो छ । हामीले पनि यो विषयमा कुरा गर्दा कथित व्यस्तताको बहानाबाजी गर्दे गैरजिम्मेवारी सबैया प्रस्तुत गरे । सम्पर्क कम्पनीले आर्थीक दुरुपयोग गरेर आन्दोलनकर्मी र स्थानीयलाईसमेत प्रभावित पार्दा गाउँमा ठुलो समस्या उत्पन्न भएको छ । शुभ श्री अग्नि सिमेन्ट कम्पनीले दाङको कालाकाठेमा प्यूठान सिमेन्ट उत्पादन गर्दै आइरहेको छ भने ढुङ्गा उत्खननको जिम्मा बानियाँ जेभि कन्ट्रक्सनले लिएको छ । स्थानीय प्रभावित जनताको उठिबास लागिरहेको कम्पनी पक्षको यो गंभीर गैरजिम्मेवारीपना प्रति स्थानीय सरकार, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरु सबै मुखमा सातु हालेर तैं चुप मैँ चुपको हुनु दुखद भएको स्थानीय बिष्णुप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation