![](https://pranmancha.com/wp-content/uploads/2023/11/puspakamal-dahal-prachanda.jpg)
संबिधान सभा मार्फत संविधान लेख्ने निश्चित भएपछि शान्तिप्रक्रियामा आएका प्रचण्ड २०६४ मा रोल्पा २ नम्बर क्षेत्रबाट अत्यधिक मतले बिजय मात्र भएनन् सिंहदरबारमा पहिलोपटक सिंहाशन पनि भए तर पार्टीको आन्तरिक खिचातानी र बाह्य शक्ति सन्तुलन मिलाउन नसक्ने र राजनीतिक एजेन्डामा विचलन आएसँगै जनमत गुमाउँदै गए ।
उनी जुन जुन बेला संकट पर्छ त्यतिबेला रोल्पा आएर शक्ति पैदा गर्छु भनेर जनयुद्धताका शक्ति पैदा गरेको स्मरण गर्दैआएका छन् । तर, जतिबेला रोल्पालाई प्रचण्ड आवश्यक पर्छ त्यतिबेला बिरलै भेटिने गरेको जनताले गुनासो गर्ने गरेकाे पाइन्छ ।
अहिले प्रचण्ड आफैलाई पनि गहिरो अनुभुती याे भएको छ कि पार्टी जनताबाट कट्दै गयो त्यसकारण अब सबै तहका नेताकार्यकर्ताहरु जनतातिर फर्किनु पर्या भन्ने । त्यसपछि लगत्तै बसेकाे पार्टी केन्द्रिय समितिले निर्णय गर्यो: जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालन गर्ने ।
त्यसमा पार्टी केन्द्रिय पदाधिकारीहरु अन्तर प्रदेशमा, केन्द्रिय सदस्य अन्तर जिल्ला र प्रदेश सदस्य अन्तर पालिकाका जनता सम्म जाने निर्णय गर्यो । पार्टी अध्यक्ष सात प्रदेशको कम्तीमा एउटा वडाको बैठकको इन्चार्जको रूपमा वडा कमिटीको बैठकमा सहभागी हुने निर्णय गर्यो ।
त्यसको कार्यान्वयनकै क्रममा जनयुद्धको इपि सेन्टर मानिने राेल्पामा “कार्तिक २४ गते थवाङ गाउँपालिकाको १ र २ नम्बर वडा कमिटीको संयुक्त बैठकमा प्रचण्ड सहभागी हुन लागेका हुन् । ” नेकपा (माओवादी केन्द्र ) का जिल्ला संयोजक पुरण केसीका अनुसार थवाङ बसाइकै क्रममा सहिद मार्गलाई थवाङको ठुलो गाउँ जोड्ने पक्की पुलको औपचारिकरूपमा उदघाट्न गर्न कार्यक्रम रहेको जानकारी दिए ।
त्यसपछि जिल्ला अस्पताल रेउघाको भवन उदघाट्न गरे लगत्तै लिवाङ टुडिखेलमा आयोजना हुने बृहत आमसभामा सहभागी हुने कार्यक्रम रहेको केसीले बताए ।
जहाँ गएपनि पार्टी अध्यक्ष भएकोले पार्टीको काम र प्रधानमन्त्री भएकोले सरकारको काम स्वभावैले सँगसँगै गर्नुपर्ने हुन्छ रोल्पामा पनि त्यहीँ गर्नुहुन्छ । उनी तेस्रोपटक प्रधानमन्त्री भए देखि नै सुशासन ,सामाजिक न्याय, समृद्धि र अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धमा केही सुधारका प्रयास भइरहेको विश्लेषकहरु बताउँछन् ।