कृषकलाई कालिमाटीकाे ८ टन गहुँको बीउ अनुदान

सल्यमनकाे कालिमाटी गाउँपालिकाले कृषकलाई ८ टन (आठ हजार केजी) गहुँको बीउ वितरण गरेकाे छ । कृषकहरुले पालिका सबै वडाबाट १० टन बीउकाे माग गरेकाे भएपनि अहिलेसम्म ८ टन मात्रै बीउ प्राप्त भएको र उक्त उपलब्ध भएको बीउ पालिकाका कृषकहरुलाई वितरण गरिरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाैड्यालले प्राणमञ्चलाई जानकारी दिए ।

उनले बाँकी दुई टन पनि आपूर्ति गरि वितरण गरिने याेजना रहेको बताए । यद्यपि बजारमा माग बमोजिम बीउकाे आपूर्तिमा समस्या छ । कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation