रुमालेमा बोलेरो खस्यो, पाँचको मृत्यु ११ जना घाइते

प्यूठान ,पवित्र धार्मिक तिर्थस्थल स्वर्गद्वारी जादै गरेको गाडी स्वर्गद्वारीको रुमालेमा दुर्घटनामा परेको छ । जिल्ला प्रसान कार्यालय गुल्मीका कर्मचारी सवार लु.१ज १६५५ नंबरको बोलेरो गाडी दुर्घटनामा परि ३ जनाको घटना स्थलमै मृत्युु भएको छ भने २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिएका छन् । गाडीमा १६ जना यात्रु सवार थिए ।


आज नयाँबर्षको अवसर पारेर भ्रमणका लागि स्वर्गद्वारी आएको बोलेरो जिप प्यूठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना हुँदा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत ३८ बर्षिय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सुर्यप्रसाद पंथी, मुद्दा शाखाका धुर्कोट ७ निवासी ईश्वर भण्डारी ,खरिदार यमलाल पन्थी, मुसिकोट नगरपालिका वार्ड न्ं. ३ का बर्ष २२ का सवारी चालक केशव कार्कीको जनाको मृत्यु भएको छ ।


जिपका चालक सहित ३ जनाको घटनास्थल र २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारको क्रममा मृत्यू भएको प्रहरी नायव निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए । घटनामा अन्य ११ जना घाईते छन् । घाइतेहरुमा रेसुङगा नगरपालिका ४ का २३ बर्षिय सुनिता कँडेल, बर्ष १९ बसन्ती पौडेल, रेसुङगा न.पा. १ का ३० बर्षिया गिता मुखिया, बर्ष १२ का अनिस बोहोरा, रेसुङगा न.पा. २ का २४ बर्षिय तारा भण्डारी, बर्ष ६ का आसिस भण्डारी, बर्ष ३३ दिलबहादुर थापा, बर्ष २७ का कमला ज्ञवाली, बर्ष १२ का सार्थक ज्ञवाली, बर्ष ४ का निकिता पौडेल, मल्लरानी गाउँपालिका ३ का बर्ष का सन्दिप परियार रहेका छन् । जना गंभिर घाइते रहेकाले थप उपचारका लागि हेलिकप्टरबाट काठमान्डौं रिफर गर्नेृ तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए । जिप स्वर्गद्वारी तर्फ जादै गर्दा आज दिउसो करिव १२ बजे दुर्घटनामा परेको हो ।  प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको छ ।
जीप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation