सुपर ओभरमा चुक्यो नेपाल, ओमान बन्यो च्याम्पियन

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले निर्धारित लक्ष्य पूरा गर्न सकेन । पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल खानको बलमा जिसन मक्सुदबाट क्याचआउट भए । दोस्रो बलमा कुशलले रन जोड्न सकेनन् । तेस्रो बलमा एक रन लिए । चौथो बलमा गुल्सनले एक रन लिए । पाँचौँ र छैटौँ बलमा कुशल चौका प्रहार गरे पनि नेपाल हार्न पुग्यो ।

ओमानले सुपर ओभरमा २१ रन बनायो । नसिम खुसीले १९ रन बनाए । अकिव इल्यासले एक रन जोडे । सुपर ओभरमा अभिनाश बोहराले बलिङ गरेका थिए ।

यसअघि एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले  ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनायो । अन्तिम ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काउन प्रयास गरेका थिए । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा ओमानले सात रन ल्याएपछि खेल बराबर भएको थियो । अन्तिम ओभरमा एक रनआउट सँगै ओमानको तीन विकेट गएपछि उपाधि भिडन्त रोमाञ्चक बनेको थियो ।

नेपाल र ओमान यसअघि नै टी २० विश्वकपमा छनोट भएका छन् । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

ओमानको इनिङ्समा ओपनर कश्यप प्रजापती अर्धसतकीय इनिङ्स खेले । उनले ५२ बलमा तीन चौका र चार छक्कासहित ६३ रन बनाए । तेस्रो नम्बर क्रिजमा आएका अकिव इल्यासले ३३ र कप्तान जिशन मक्सूदले २६ रनको योगदान गरे ।

मोहम्मद नदिमले र मेहरान खानले अविजित क्रमशः  रन बनाए । नेपालका करण केसीले दुई विकेट लिए । सोमपाल कामी, गुल्शन झा, अभिनाश बोहरा, सन्दीप लामिछाने र विवेक यादवले समान एक विकेट लिए ।

कीर्तिपुर मैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र ६ विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । नेपालको इनिङ्समा कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धसतकीय इनिङ्स खेले ।

गुल्शन झाले २५ बलमा ५४ रनको इनिङ्स खेले । कप्तान रोहितकुमार पौडेलले  ३७ बलमा ५२ रन बनाए । ३६ बलमा पाँच चौका र दुई छक्कामद्धतमा ५१ रन बनाएका थिए । रोहितको टी २० आईमा यो पाँचौ अर्धसतक हो ।

ओपनर कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाएर आउट भए । ६ बलको सामना गरेका करण केसीले २० रन बनाए ।

ओमानका विलाल खानले चार ओभरमा सर्वाधिक तीन विकेट लिए । उनले चार ओभर मात्र २६ रन खर्चिए । अकिव इल्यासले दुई विकेट हात पारे ।

नेपालले २।४ ओभरमा १५ रन जोड्दा पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ६ बलमा ६ रन बनाउँदा गुमायो । ६।१ ओभरमा तेस्रो नम्बर क्रिजमा पुगेका सन्दीप जोरालाई १३ बलमा १० रन बनाउँदा गुमायो । नेपालले ४७ रन जोडय्दा जोरालाई जिशन मक्सूदले बोल्ड गरे । ओपनर कुशल भुर्तेल विकेट विकेटले रुपमा ३१ रन बनाएर आउट भए । २३ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कुशललाई अकिव इल्यासले मेहरान खानबाट क्याच आउट गराएका हुन् । कुशल भुर्तेल आउट हुँदा नेपालले ७।१ ओभरमा ४९ रन बनाएको थियो ।
चौथो नम्बर क्रिजमा आएका कुशल मल्ल तीन रन जोडेर पेभिलियन फर्किए  । ९ बलको सामना गरेका मल्ललाई अकिव इल्यासले बोल्ड गरे । मल्ल आउँट हुँदा ९।६ ओभरमा नेपालले चार विकेट गुमाएर ६० रन बनाएको थियो ।
गुल्शन झाले १२औं ओभरमा मक्सुदलाई दुई चौका र दुई छक्कासहित २१ रन प्रहार गरेपनि मध्यक्रममा नेपालले लय समातेको थियो ।

गुल्शन २५ बलमा ५४ रन बनाएर विलाल खानको बलमा सकिव अहमेदको हातबाट क्याच भए ।

गुल्शन र रोहितले पाँचौं विकेटको लागि ४२ बलमा ७८ रनको बलियो साझेदारी गरेका थिए । फाइनल खेलमा आक्रामक अर्धसतक बनाएका छन् । गुल्शनले २० बलमा पाँच चौका र चार छक्कासहित अर्धसतक बनाएका थिए । १५।४ ओभरमा उनले अर्धसतक बनाउँदा नेपालले १२४ रन बनाएर चार विकेट गुमाएको थियो । सन् २०२२ मा फिलिपिन्ससँग डेब्यु गरेका गुल्शनको टी–२० आईमा पहिलो अर्धसतक हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation