प्युठान नगरपालिकाले भुकम्प पिडितलाई पाँच लाख सहयोग दिने

२० कार्तिक ,प्युठान । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुलाइ प्युठान नगरपालिकाले पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।आज बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको नगर प्रवक्ता सुमन राज श्रेष्ठले जानकरी दिएका छन।

१) जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानबिय र भौतिक क्षति प्रति दुख व्यक्त गर्दै प्युठान नगरपालिकाबाट रु. ५ लाख सहयोग गर्ने र प्युठान नगरपालिकाका कार्यपालिका सदस्यहरुले १५ दिनको सेवा दिने निर्णय भएको छ।

२) प्युठान नगरपालिकाले साउदी अरेबियामा रोजगारी सिलसिलामा गएका प्युठान नगरपालिका – ३ बिजयनगरका सन्तोष कुमालको दु:खद निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अति गरिब सन्तोष कुमालको परिवारलाइ रु. ४० हजार सहयोग गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation