कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकारलाई धन्यवाद दिए।
चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको हो ।
उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्याउने छ । आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइने छ ।