


सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठ लगायत न्यायाधीशहरुले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ ।
सहप्रवक्ता घिमिरेका अनुसार तीनै तहका न्यायाधीशबाट करिब ३८ लाख र कर्मचारीको तर्फबाट करिब १ करोड १२ लाख गरी करिब डेढ करोड उपलब्ध गराउने निर्णय भएको छ ।