आज नेदरल्याण्ड्स र भारत भिड्दै

जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स २ खेलमा जित निकाल्दै अन्तिम स्थानमा छ। यी दई टोलीबीचको खेल दिउँसो सवा २ बजे बैंगलुरुमा सुरु हुनेछ।

प्रतियोगितामा भारतसहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्। यसअघि गएराति सम्पन्न खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको थियो।

त्यस्तै अर्को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो। आईसीसी एक दिवसीय विश्वकप अन्तगर्त सेमिफाइनलका खेल बुधबार सुरु हुनेछन्।

सेमिफाइनलको पहिलो खेलमा भारत र न्यूजिल्याण्ड भिड्दा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation