पर्वको यो महाउत्सव याम हो । हरेक पर्वसँग हरेक समाज र सभ्यताको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र अर्थसम्बन्ध जोडिएको मात्रै हुँदैन, सामाजिक मनोविज्ञानको तस्बिरसमेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो, लावर्षा, नागपञ्चमी आयो । गोवर्षा भन्ने लोकोक्ति नै छ । नागपञ्चमीले चाडपर्वको ढोका नै खोलिदिन्छ । कुनै पनि समाज, संस्कृति र सम्भयतामा वर्षकालमा पर्वहरु हुँदैनन् । हाम्रो समाज कृषि आधारित अर्थतन्त्र भएकाले पर्वले पनि कृषिपात्रो र मौसमी हावापानीसँग सरोकार राख्छ । समाजको आर्थिक चरित्र र प्रविधिको विकास, देशदेशान्तरको बसाँइसराईको प्रभावले चाल, चलन र पर्वका अर्थ पनि फेरिन जान्छन् । हामीले अनुभूतिका पर्व, चालचलन, आचार, विचार र व्यबहार पनि फैलिँदा सोच अनुसार फेरिँदै गए । अझ वितेका ५० वर्षमा त पुराना कुराहरु कथा बन्न पुग्दैछन । कतिपय आगन्तुक पर्व अनुसरणले पनि परम्परागत रीतिथितिमा प्रभाव पारिरहेका हुन्छन् । अब दशैँ पनि दशहरामा फेरिँदैछ । अझ बजारले पर्व चिन्तनमा जबरजस्ती हस्तक्षेप गर्दैछ ।
आउनुस्, अहिले भने दशैँ–तिहारजस्ता नेपाली पर्वका बहानामा (यो प्रवृत्ति छठ, होली, ल्होसार, कृसमास र इदमा पनि देखिँदैछन्) धार्मिक आस्थाको विकास, सांस्कृतिक एवं अर्थशास्त्रका विविध पक्षबारे संझिप्त चर्चा गरौँ । १. वैदिक इतिहास हिन्दु संस्कृतिमा खासगरी नेपाली खस–आर्य र बङ्गालीहरूको प्रमुख पर्व दशैं हो । अन्य हिन्दुमार्गीका लागी दोश्रोस्तरको । दशैँसँगै जोडिएका विभिन्न पहलुवारे चर्चागर्दै आर्य र अनार्यको युद्ध अध्ययन आवश्यक हुन्छ । आदिमकाल र सभ्यता विकास नबुझी दशैँमहात्म्य बुझन पनि कठिन हुन्छ । एउटा समयको विजय उत्सव अर्को समयको धार्मिक पर्वमा फेरिएको मात्र हो । त्यसै पेरीफेरीको युद्ध गाथा मात्र दशंै हो भने धन आशक्ति पर्व लक्ष्मी पुजा ।
दशैँ, दशहरा, बिजोया, आयुध पूजा भनेर भारतवर्षमा विभिन्न रुपमा उल्लेखित भएको दशैँ, आर्यहरूको विजयगाथा र आर्य, अनार्य दुई सभ्यता बीचको भीषण टकराहट हो । रावण र महिषासुरसँगको युद्धगाथा नै यस प्रायःद्वीप आगन्तुक आर्यको दशैँमहात्म्य हो । जित्ने देवता बने, हार्ने राक्षस । नायक खलनायक पनि पक्षधारिता, विश्वासले बनेका सोच अनुसार हुँने गर्छन । जित्नेको निरन्तर प्रशंसा सन्तान दरसन्तानले गर्ने नै भए । सिन्ध नदी पूर्वका आदिवासी प्रतिरोधी असुर अत्यन्तै शूरवीर रहेकाले युद्ध जितेर पनि मर्माहत घाइते आर्यजातिले त्यस प्रतिकारलाई युगौँसम्म बिर्सनै सकेन । तत्कालीन युद्धगाथा इतिहास नभै महिषासुर र रावण दहनको धार्मिक कलेवरमा मृत्यूउत्सव मनाउँदै रह्यो । देवासुर संग्राम कुनै दैवीकालमा नभएर आर्यको यस उपमहाद्वीपमा आगमनसँगै रैथाने अनार्यसँग भएका लौहयुगका भिडन्तका कथा हुन् । असुर कुनै वैदिक ग्रन्थमा वीभत्स चित्रण गरिएका राक्षस नभएर अझै पनि भारतको झारीखन्ड, उडिसा र पश्चिम बङ्गालमा रहेका लोपोन्मुख आदिवासी हुन् । उनीहरूको जनसंख्या भारतीय जनगणना १९९० अनुसार १०,७१२ रहेको छ । झारखण्डमा मात्रै ७ हजार ७ सय ८३ रहेका छन् । त्यहाँ इसापूर्व ६ हजार वर्ष पहिलादेखि नै मुण्डाहरुको उपस्थिति छ । आर्यसँगको पराजयपछाडि मात्र असुरिया सभ्यता र शक्तिशाली असुर राज्यको पतन सुरु भयो । लौहयुगका जनक असुरको मूख्य पेशा फलाम गलाउने प्राचीनविधी संसारमै अन्य केही अफ्रिकी आदीवासीमा मात्र पाइन्छ । अहिले मुख्य असुरवस्ती झारखण्ड राज्यको गुमला, लोहारदंगा, पालमु र लातेहार जिल्लामा छन् । समाजशास्त्री के.के. ल्युमाका अनुसार अहिलेका असुर महाभारतकालीन असुरवंश नै हुन् भन्ने छ । मेरा अत्यन्तै जज्ञिासु र पज्ञिक पाठकहरुलाई सिन्धघाँटीका हडप्पा, मोहन जो दाडो, निल, ह्वाग्हो र इन्का सभ्यता विकास र त्यसले पैदा गरेको संस्कृति अध्ययन गर्न निम्ता गर्दछुँ । हाम्रै हुम्ला जिल्लाको श्रीनगर आसपासका माडिला र मदना क्षेत्रमा पनि असुरको पुजा गरिन्छ भने भारतको आदिबासी क्षेत्र झारखण्ड, उडिसा र बङ्गालको पुररिया क्षेत्रमा पुजा हुने गर्छ । अझ झापा जिल्लासँगै जोडिएको पश्चिम बंगाल राज्यको जलपाइगुडी अलिपुर दुआरको माझेरडाबरीका असुरवंशीले दुर्गा पुजाको बेला शोक दिवस मनाउन न कपडा लगाउँछन् न घरबाटै बाहिर निक्लन्छन् । उनीहरु आफूलाई महिषासुरवंशी भन्ने गर्छन् । एकातर्फ विजयादशमीको दिन भारतमा हिन्दुहरुले महिषासुर र रावण दहनलाई विजय उत्सवको रुपमा लिइन्छ भने अर्कातर्फ त्यही आदिवासीहरुले रावणको पुजा आरधना गर्ने मन्दिर उत्तर प्रदेशको गाजियावाद विशरख, जोधपुरका दवे, गोधा र श्रीमाली समाज रावणको पुजा हुनेगर्छ । मध्यप्रदेशको मन्दसौर, उज्जैनको चिखलीमा मात्र होइन, कर्णाटकको कोलार जिल्लामा त रावणलाई अन्न देवताकै रूपमा पुजिन्छ । जैनमत अनुसार रावण राक्षस नभै विद्याधर थिए । महाराष्ट्रको अमरावती र गाढचिरौली जिल्लाका कोरकुर र गोंड आदिवासी रावण र रावणपुत्र मेघनादलाई आफनो देवता नै मान्छन् । वैदिक इतिहासमा महाभारत धेरै अर्थमा यस क्षेत्रको महायुद्ध भनिएपनि सो युद्धगाथा आर्यहरुबिचमै भएकाले दशैँजस्ता महिषासुर र रावण दहन गर्दै मृत्यूउत्सव नमानिएको हो । एकातर्फ असुरजाति र सभ्यताप्रतिको विजयलाई आर्यले विजयादशमीको दिन विजय उत्सव मनाउँदै गए भने असुरले महिषासुर र रावण महिमा गाउने गर्छन् । अब भने दशैँ दसहरामा फेरिएर राष्ट्रिय स्वयसेवक संघले (भारतीय आरयसयस) धर्म र संस्कृतिलाइ घृणा र राजनीतिक हतियारको रूपमा प्रयोग गर्न थालेपछि धर्म अझ आस्था र आदर्श नभै पाखण्ड र आक्रमणको औजार बनाउन खोजिँदैछ । पलासी युद्ध पहिला बंगालमा दुर्गा पुजा हुँदैनथ्यो भने माहाराष्ट नायक शिवाजीलाई अब मुल्यन गर्न बालगंगाधर तिलकले गणेश चतुर्थी सुरु गराए । २. पर्वका अर्थशास्त्र संसारमै भूगोल, हावापानी, समाज विकाससँगै आआफ्नै सभ्यता, धर्म र पर्व विकास हुँदै गए । हाम्रा पूर्वजहरू फिरन्ते युगबाट मानव सभ्यताको कृषि युगमा पुग्दासम्मका कृषि उत्पादन, युद्धगाथा र आर्थिक सम्बन्धका उत्सव मात्र हैन, आदि आर्यका उत्सव कृषि अर्थतन्त्रसँग जोडिएका हुन्थे । त्यसैले पर्व पनि मनसुनको अन्त, बालीनाली भित्रिसकेका या खेतीबारीबाट फुर्सद भएको समयमा कृषि पात्रो आधारित हुन्थे । होम, यज्ञ पनि बाली भित्र्याइसकेपछि मात्र हुन्थे । त्योबेला खोलानाला र बाढी, पैह्रो पनि टरिसकेकाले यात्रा सुगम हुन्थ्यो । कालान्तरमा आर्थिक उत्पादनको सामाजिक सम्बन्ध फेरिदैजाँदा र सूचना,संचारले अन्यत्रका आक्रामक संस्कृति झेल्न नसक्दा पनि पर्वको अर्थशास्त्र कृषि पात्रोबाट फड्को मार्दै बजार संस्कृतिमा फेरिँदै गयो । समाजमा पुरानो पुरै छोड्न पनि नसक्ने, नयाँ पुरै स्वीकार्न पनि नसक्ने तप्का हुन्छ नै । वैश्विकरणसँगै अहिले बजारले मानिसको स्वभावलाई नियन्त्रण र निर्देशन गर्दै पर्वकै अर्थसम्बन्ध पनि फेरिदियो । बजार कि हजार भनिन्छ । भावना र आस्था पनि बजार लाग्छन् । आस्थालाई तुजुकमा उछालेर पर्वको बजार चम्कन्छ । आस्था र आवेगमा तुजुकको घालमेल भएपछि पर्वको बजार अर्थशास्त्र छम्द आवश्यकता पैदा गरेर अरुभन्दा भिन्न वा उम्दा देखिने गरेको छ । अझ अतृप्त वासना जगाएर भावनालाई बस्तुमा फेरिँदै सुक्रीबिक्री गरिदिँदैछ । पर्वको बजार अर्थशास्त्रमा अरुभन्दा कसरी उम्दा र भिन्न देखाउने मनोभाव उत्पादन गर्नु हो । जताततै दशैँका बम्पर उपहार, छुट्का सामान, दिल र दिमाग छुने मनमोहक विज्ञापनले भरिएका मिडियाले लुरुलुरु र खुरुखुरु डोरिइरहेको मनुवामा ‘ऋण गरेर नि घ्यू पिउने’ मानसिकता बनाइदिने हुँदा ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ, ऋण बोकाई’ पर्व अर्थशास्त्रमा आधारित भनाई हो । बजारले संस्कृति नियन्त्रित र निर्देशित गरिरहेकोले पर्व सांस्कृतिक निरन्तरताभन्दा अहिले तुजुक थलोमा फेरिँदैछन् । तुजुकले धर्म र संस्कृतिको निरन्तरता दिन नसक्ने भएकाले पर्वहरू समाजिक हैसियत देखाउने थलो बन्दै गएका छन् । आधुनिकतासँगै पर्वका चर्चागर्दै धर्म र संस्कृतिबीचमा कति सामीप्यता र कति भिन्नता भन्ने सिमाना छुट्याउनै मुस्किल हुँदै गएको छ । दुबैको एकैठाँउमा घालमेल भएको छ । बजार संस्कृति र पर्व मिस्कट भएर ठिमाहा संस्कृति बनेको छ । विज्ञान चेत बढाउनुपर्ने मिडिया पनि कर्पोरेटिकरण हुँदा धार्मिक आस्था र विवेक प्रचारक भन्दा अन्धविश्वास फैलाउँदै बजार संस्कृतिको मलजल गर्ने माध्यम बनेका छन् । एण्टीकरेण्ट वा एण्टीमार्केट मिडिया सामाग्री बन्नै सक्दैन । त्यसैले सामाजिक मनोदशा पर्वलाई के, कसरी बुझ्नेमा अन्यौलमा छ । ३. बली महात्म्य र शक्तिको उपसना दशैँको बलि महात्म्य अपरम्पार छ । दशैँको आध्यात्मिक दर्शन भनेकै बली चढाएर गरिने शक्तिको उपासना हो । इस्लाममा पनि कुर्वानीले विशेष महत्व राख्छ । शक्ति पाउन बलि दिनुपर्छ तर कसैले पनि बाघ, भालुलाई भने बलि दिदैनन् । एकातर्फ वैदिक इतिहास र राजनीतिको सम्झना, अर्कातर्फ बलि दिएर शक्तिको उपासना दशैँको शक्ति मनोविज्ञान हो । भक्कुको राँगो बन्न नचाहनेलाई शक्तिले कहिल्यै, कसैले पनि मौलामा पर्सनै सक्दैन । हो, जहिले र जहाँपनि निमुखाकै बली दिइने गरिन्छ । कलकत्ते कालीको महिमा विश्वासीका लागि अचम्म छ । त्यहाँ दुर्गा पुजाका लागि ल्याइने माटो अझै “वेश्यालय वा कोठीकै” हुनुपर्छ । शक्ति हत्याउन, शक्ति रिझाउन नवरात्रको आराधना कुण्डलिनी जगाउनेको के कुरा गर्ने र ! त्यसवेला नन्दी, भृगीँ, डंकिनी, भूत, प्रेत, पिशाच र तन्त्रविद्याका उपासक सक्रिय हुन्छन् । दशैँका अन्धानुयायी भनेकै आफूसँग जे छ, त्यो बलि दिएर शक्तिको भक्ति गर्नु हो र दुश्मनका विरुद्ध औकात अनुसार आफ्ना कोतमा रहेका पुराना हतियार अर्जाप्नु हो । कमजोरको बलि दिँदै शक्तिलाई रिझाएर शक्ति हासिल गर्नु हो । अहिंसावादी पनि कुभिण्डो, लौका, घिरौँलाको बलि दिने गर्छन् । दशैँ महात्म्य आधुनिक शक्ति उपासकलाई देववाणी बन्ने गर्छ । बलि संस्कृतिमा शक्ति आर्जन हुनेहुँदा कसले कसलाई कसरी बलि दिने र कसरी भोग खाने भन्ने तुजुक देखाँउछ । को सुर ! को असुर ! को नायक ! को खलनायक ! भन्ने समयसापेक्ष हुन्छ । हरेक समाज र संस्कृतिमा जित्दा देवता र हार्दा दैत्य हुन्छन् । नायक र खलनायक बिचको दूरी एउटा सानो रेखाले मात्र तय गर्छ । शक्तिले लगाइदिएको सिमाना र बन्ने धारणामा भर पर्ने विषय हुन् । शक्ति र दशैँका अचम्मकै साइनो जोडिएको हुँदा सत्ता संस्कृतिसँग जोडिने नै भयो । हतियारमा साँध लगायो, युद्ध अभ्यास पर्व मनायो । सामन्ती युगका आर्य राजा, महाराजाहरूले दशैँमै युद्ध अभ्यास र युद्ध अभियान चलाउँथे । युद्धले नरबलि त खान्छ नै । अझ उपासकले कुनै जमानामा शक्ति हत्याउन नरबलि पनि चढाउँथे अरे, नरदेवी त्यसै कहलिएकी हैनन् । शक्ति हत्याउन प्रत्यक्ष वा छद्म युद्ध आवश्यक हुन्छ । शक्तिरुपा अत्यन्तै चञ्चल भएर रूप, धन र बलको खास्टो ओढ्दै मोहनी लाँउछे । संसारमा शक्तिलाई कसैले कज्याउन सकेन तर, त्यसको भोकले पनि कसैलाई छोडेन । अश्वमेध यज्ञ र स्यामाकर्णे घोडा पौराणिक शक्ति कथा अहिले पनि मिठास कथा बन्छन् । कोत गारतमा बलि दिएर, हतियार साँध लगाएर पुजा गरेतापनि शस्त्र कहिल्यै आफ्नो भने हुनेरहेनछ । समय चिनेर चलाउने युक्ति, बुद्धिको स्वामित्व हतियारमाथि हुन्छ । रावण विद्धान थिए, वैदिक आख्यान पनि यसै भन्छन् । शक्तिको घोडा चढेर चाबुक मार्न सकिएन भने उल्टो शक्तिनै घोडा चढ्छ । हिजोका शक्तिवान् भोलिका बबुरा बनेका इतिहासका नजिर हुन् । आफैँले प्रयोग गरेको हतियार भोलि अर्काले प्रयोग गर्यो भने आफ्नै गर्दन छिनाल्ने कुरा कम्मरमा खुकुरी भिर्ने बित्तिकै अमरसिंह थापा सोच्नेले बुझ्दैनन् । शीतयुद्ध र मनोयुद्ध त एउटै लास नपारी शक्ति आर्जन खेल भएकोले दशैँ को सौन्दर्यशास्त्र शक्तिप्यासाका लागि अदभूत हुने गर्छ । तर, दशैँले दिएको शक्ति उपासना र बलि सिद्धान्त कतिले हेक्का राख्छन् भिन्नै कुरा हो । ४. समाजशास्त्र र पर्व हरेक जाती, समाज र संस्कृतिमा पर्वले आफ्नै समयका प्रकृतिसँग पौँठाजोरी, मानविय द्वन्द, युद्ध, राजनीतिक गाथा र सामाजिक लोक मनोरञ्जनका सरोकार बन्दै सांस्कृतिक चरित्रलाई निरन्तरता दिइएका हुन्छन् । प्रकृति पुजकले प्रकृतिमा भएका चमत्कार, त्यसले पैदा गर्ने भय, त्यसबाट उन्मुक्तिका प्रयत्न, आशा र अपेक्षासँग पर्व महात्म्य जोडेका हुन्छन् । नागपञ्चमी त्यही एउटा उदाहरण हो । ती पर्व कालान्तरमा धर्मका रुपलिँदै संस्कृतिमा फेरिँदै जान्छन् । मृत्युपछिको मोक्ष र असुरक्षाको डर, सुखी जिन्दगीको कल्पनाले धेरै भाकल, पुजा, आरधना, बलि र शक्तिको भक्तिले मान्छेलाई आस्तिकतामा पु¥याउदै लान्छ । सभ्यतो विकाससँगै संरक्षक, युद्धनायक, शक्तिशाली र विजेता जन्मदै गए । विजेताको गुनगान र पराजितको घृणाले कालान्तरमा शक्तिको दैवीरूप धारणगर्दै गयो । भयको मनोविज्ञान भनेको शक्तिका उपासक हुन् । यसमा शक्ति सौन्र्दयशास्त्रीहरुको दिमागी चमत्कार र चातुर्यता पनि मिसिँदै गए । अहिले हामीबीच जो, जति शक्तिशाली छ, त्यतिकै धार्मिक र अन्धविश्वासी पनि छ । जति धन, बल र राजकीय सत्ता हत्याउँछ वा अभिलाषी हुन्छ त्यो त्यतिकै मन्दिर, मस्जिद, चर्च र गुम्बा धाउने गर्छ । जोड्ले घण्टा हल्लाउँछ र उँचो स्वरमा शंख फुक्छ । हरेक पर्वको विश्वास र गच्छे अनुसारको अर्थ लाग्छन् । अन्धविश्वासीलाई शक्ति आर्जन गर्ने पर्व साइत हुन्छ भने नवधनाढ्यलाई चाडवाड तुजुक देखाउने थलो । खेती किसानीमा थाकेका किसानलाई विश्रामयाम बनिदिन्छ । सांस्कृतिक रुपमा भने गरिब बच्चाबच्चीलाई वर्षदिन चिची र नाना बनेर आउँछ, गरिबलाई जोहो गरेर मिठो मसिनु खाने फुर्सदको समय बन्छ । सामाजिक भेटघाट, रासरौस, मीठोमसिनो सगोलमा खाने, बिरक्तिएको भ्रमित आफन्तीको मनको कालोमैला धुने, नाता सम्बन्धलाई अर्जाप्ने, विगतको कटुता भुलाएर नयाँ सम्बन्ध सुरुवात गर्ने मौका पनि बन्छ । देशमा लाहुरे बन्दै विदेश भित्रिने र सहर गाँउमा पस्ने, पुर्खौली थातथलो पुग्ने र मान्यजनको आशीर्वाद लिने अवसर बन्छ । उमेरमा यौवन साटिने, साथीसंगीसँग कालान्तरमा भेटघाट गर्ने, सामाजिक सम्बन्ध र भावनाको पर्वरुपी दशैँ सामाजिक सदभाव मञ्च पनि हो । हरेक बालापनका मिठो सम्झना सांस्कृतिक निरन्तरता हो । तर अहिले दशैँ सांस्कृतिक रुपमा कम, अन्धआस्था र तुजुकको घालमेलको रुपमा बढी देखिँदै छ । ५. आस्था र प्रविधिः सञ्चारको व्यापकताले आस्था पनि प्रविधिमार्फत बजारमा आध्यात्म फैलाउदै डिजिटल पर्व बनाउँदै छ । प्रविधि विज्ञानको उपज हो भने विज्ञानले जहिले पनि वैज्ञानिक दृष्टिकोणको अपेक्षा गर्छ । तव धर्म, पर्व र आस्थाले डिजिटलाइजेसन बन्दै स्वआतंकबाट मुक्त हुन पर्वलाई सांस्कृतिकीकरण गर्नुभन्दा पनि या त उपभोक्तावादी बनाइदिँदैछ या शिक्षित एवं आधुनिक रूढिवादमा फेरिदिँदै छ । हरेक समाजका आ–आफ्ना पर्वका शैली हुन्छन् । तर, अहिले प्रविधि र मिडियाको गठजोडको अभ्यासमा अन्यत्रको दशहरा दशैँशैली माथी मौलिकतामा आक्रमण पनि गरिरहेको छ । ६. आगन्तुक संस्कृति र त्यसले समाजमा पारेको प्रभाव भनिसकियो, एकातर्फ पुँजी, प्रविधी र मिडियाको घालमेलले हाम्रा चालचलन, रहनसहन, खानपिन र सोचमा प्रभाव पार्दैछ अर्कातर्फ जनशंख््याको ठूलो हिस्सा देश बाहिर छ । त्यो बाहिर मात्र छैन् त्यहाँको पर्व, संस्कृति र चालचलनसँग पनि प्रभावित हुँदैछ । अर्कातर्फ हामीसँगको मौलिक पर्व हुँदापनि आफ्नालाई वास्ता नहुने र “सभ्य” हुन अरुहरूलाई स्वीकार्ने पनि छयसछयस्ती भैसके । आफूलाई कट्टर धार्मिक भन्ने पनि पश्चिमा सांस्कृतिक नक्कल बर्थ डे, किटी पार्टी, फाष्ट फुड कल्चर, अप्रिल फुल, गेग्रियन न्यू इयर, फादर डे, मदर डे‘, के–के हुन के–के डेहरु । पश्चिमाशैलीका वैवाहिक पद्धति र एनभरसरी जस्ता चलन सामान्य बन्दै गए । तुजुक देखाउने बहाना बने । विवाह, मृत्यु वा अन्य संस्कार प्रभावित हुँदै गए । त्यसमा ब्यापक बढ्दो धर्म परिवर्तनले पनि पर्व र संस्कृतिलाई असर पारिरहेको छ । अन्तमा दशैँ र संस्कृति चर्चाको बिट मार्न थाल्दा चाहे इतिहास वैदिक होस् वा लिखत वा अलिखित होस् इतिहासलाई इतिहासकै रुपमा र घटनालाई त्यस काल, परिस्थिति, त्यस बेलाको मानव चेतना, द्धन्दको अवस्था, आर्थिक र सामाजिक सम्बन्ध, उत्पादनको मानव श्रमसँगको सरोकार, युद्धका विजेता र पराजित शक्तिको रुपमा हेर्न आवश्यक हुन्छ । कुनै पनि ऐतिहासिक घटनाले पर्वको रुपलिन लामो समयको सांस्कृतिक यात्रा गरेको हुन्छ । मिथकलाई पनि धर्म र वैदिक साहित्यलाई धर्मग्रन्थ मानिएकाले नायक र खलनायक बिचको दूरी त्यति टाढा हुँदैन । जितारुका विजयगाथा लेखिन्छन्, प्रतिद्वन्दी शक्तिशाली छ भने उसलाई कुरूप पात्र, खलनायक वा राक्षस भनिन्छ नत्र विस्मृतिका गर्भमा हराउँछन् । कसैको देवता, कसैको राक्षस । जहिले पनि शक्ति चाकर खोज्छ भने चाकरी बजाएर शक्ति हासिल गर्न सकिन्छ भने विभिन्न प्रकारको बलि चतुरेले सदाकालमा दिँदै आएका छन् ।अतिवादले पर्वको महत्वलाई धार्मिक अन्धतामा सीमित पार्नेहुँदा कुपमन्डुक, अवैज्ञानिक र अतार्किकतामा खुम्च्याउने प्रयत्न गर्छन् । जुन धर्ममा पाप धुने व्यवस्था हुन्छ, त्यो धर्म अपराधबाट मुक्त हुँदैन् । कुनै समयको अज्ञानता अर्को समयमा पाखण्ड र मनोत्रासमा अर्को पुस्ताले सर्लक्क स्विकार्दा त्यो परम्परा वा संस्कृति बन्न पुग्दोरहेछ । तब फेरिएको समयमा समाजको अभिशाप बन्दै विज्ञानको ढोका बन्द गरिदिन्छ । विचारविहीन भीडमा समाज फेरियो भने मिथकले संस्कृतिको रूप धारण गरेर धर्ममा फेरिँदोरहेछ । मिथकहरू इतिहास बन्दा रहेछन् र इतिहास मिथक बन्दोरहेछन् । धर्मले यदि संस्कृतिको टेको पाउँदैनथ्यो भने निमेष भर पनि टिक्न सक्दैनथ्यो । अन्धविश्वास र आवेगको ठाँउमा तर्क, विवेकले लिन्थ्यो । वैदिक साहित्यलाई एक असल विद्यार्थीले झैँ अध्ययन गथ्र्यो र त्यसलाई जीवनकर्ममा फेथ्र्यो । विज्ञानका महानविद्वानहरू पनि अवैज्ञानिक बाटो समाउदैनथे । बृहस्पति, चार्वाक, लोकायतवादी, बुद्ध, धन्वन्तरि, विश्वकर्मा, आर्यभट जस्ता अनेकौँ दार्शनिक र वैज्ञानिकलाई देउता बनाउँदैनथे । महान दार्शनिक, साहत्यिकारलाई अनुसरण गर्दो हो । कृतिम भय र आशक्तिले मान्छेलाई अदृश्य र काल्पनिक शक्तिको भयको शरणस्थलीमा पु¥याउँदोरहेछ । दशैँको ऐतिहासिक युद्धगाथामा अहिलेको अवस्थालाई मानवसभ्यताको विकास र यस भेगको द्धन्द अध्यताको रुपमा अध्ययन गर्ने कि !