हास्यव्यङ्ग्य कथासंग्रह “भिरपाखाका सुसेली” विमाेचन

प्यूठान, महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीकाे अवसरमा एक कार्यक्रम गरी साहित्य परिषद् प्यूठानले स्मरण गरेकाे छ । देवकोटाकाे जन्मजयन्तिकाे अवसरमा आयोजित मदाने गाउँपालिका १ अग्लुङ निवासी साहित्यकार एवम प्रगतिशील लेखक अग्निधर चन्द बोहोराकाे नयाँ कृति भिरपाखाका सुसेली नामक हास्यब्यंग्य कथा संग्रहको पनि बिमोचन गरिएको छ ।
रचना वाचन सहितको साे कार्यक्रम साहित्य परिषद प्यूठानको आयोजनामा जनता मावि बाग्दुलामा भएको हाे ।
 नगर प्रमुख विष्णु याेगिले जिल्लामा साहित्य जागरण ल्याउन स्थानीय तहले सक्दो भूमिका खेल्न तत्पर रहेका थिए । यस्तै बिशिष्ट अतिथि नमराज अधिकारीले भौगोलिक रुपले पिछडिएको ठाँउ अग्लुङफेदीका अग्नीधरको यो प्रयासले साहित्य क्षेत्रमा उज्यालो दिन मद्धत पुगेको बताए ।
 यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेलले अहिलेको पुस्तामा पठन संस्कृतिको ह्रास आइसकेको र आँउदो पुस्ताका लागि साहित्यिक महत्व उजागर गर्न साहित्यिक गतिबिधिले निरन्तरता पाउनुपर्ने खाँचो औल्याउदै अग्नीधर चन्दको लेखकीय प्रयासले पनि प्रेरणा मिलेको बताए ।
 पत्रकार महासंघ प्यूठानका अध्यक्ष संन्जय रिजाल, साहित्य परिषद प्यूठानका पूर्व अध्यक्ष गेहराज थापा लगायतका बक्ताहरुले लक्ष्मी प्रसाद देवकोटाको योगदानको चर्चा गर्दै भिरपाखाका सुशेली प्रकाशनको प्रशंसा गरेका थिए । साथै उक्त कृतिको साहित्यकार एवम साहित्य परिषद प्यूठानका पूर्व अध्यक्ष मोहन गिरीले समिक्षात्मक टीप्पणी गरेका थिए ।
साहित्य परिषद प्यूठानका कार्यबाहक अध्यक्ष बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगी र बिशिष्ट अतिथि माण्डवी गाँउपालिकाका अध्यक्ष नमराज अधिकारी रोशन रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख योगीले अग्निधर चन्द बोहोराद्धारा लिखित पुस्तकले प्यूठानको साहित्य क्षेत्रको बिकासमा एक इट्टा थपिएको बताए ।
जिल्लास्थित साहित्यनुरागी माधव पोखरेल, नारायण पाण्डे, राजकुमारी कुवर, लगायतले समसामयिक विषय शिर्षकमा तयार पारिएको कविता वाचन गरेका थिए । कार्यक्रमको अवसरमा महाकवि देवकोटाको प्रतिमामा माल्र्यापण समेत गरिएको थियो ।
स्मरण रहोस, नेपालकै पहिलोपटक निर्माण गरी स्थापना गरिएको महाकवि देवकोटाको शालिक जनता माध्यमिक बिद्यालयमा रहेको छ । उक्त शालिक तत्कालीन राजा महेन्द्रले २०१६ पौष १२ गतेका दिन अनावरण गरेका हुन । देवकोटाको शालिक ( प्रतिमा ) बाग्दुलामा रहेकै कारण बिगतका बर्षदेखि लक्ष्मी जयन्ती पनि नियमित रुपमा सोही बिद्यालयमा मनाउदै आइएको छ । यसको संयोजन र ब्यवस्थापन पनि बिद्यालयले गर्दै आउने शिलशिलामा आजको कार्यक्रमको ब्यवस्थापकीय संयोजन पनि विद्यालयले गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक इन्द्रमणी पाेख्रेलले बताए । कार्यक्रमकाे संचालन साहित्य परिषद प्युठानका सदस्य सुमन सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation