यसरी भयाे मगरहरुकाे वलिहाङ राज्य दिउसीभैलाेकाे उत्पति

भैलोमा भट्याउदा एउटा वाक्य प्रयोग गरिन्छ ।
“हामी त्यसै आएका हैनौँ, बलिराजाले पठाएको”
राजा बलिहाङ,बल्ढेङगढी दरवार र तिहार बारे केही जानकारीमुलक संक्षिप्त्त इतिहास यहाँ प्रस्तुत छ ।
नेपालको इतिहासमा मगरहरुको इतिहास पुरानो रहेको छ,मगरात राज्य मगर राजाहरुले चलाएको शासन व्यवस्था हो। मगरात राज्य उत्तरामध्यकालको स्वर्णिमकालका रुपमा परिचित रहको छ। पश्चिम पाल्पाको बल्ढेङगढी पहिले मगरराजाको राजधानी रहेको थियो, १४ औ सताव्दीमा मगर राजा बलिहाङ रानामगर यस राज्यको पहिलो राजा रहेको इतिहासमा पाइन्छ । बलिहाङ राना मगरले बाह्रमगरात एकिकरण गरि बलिहाङराज्य स्थापना गरेका हुन जुन अहिले बल्ढेङगढीको नामले परिचित रहेको छ ।
मगरहरुका नायकको रुपमा चर्चित रहेका कुशल योजनाकार तथा साहसिक राजा बलिहाङलाई त्यतीबेला बलिराजाको नामले समेत चिनिने गरिन्थ्यो । बलिहाङ राजाले आफ्नो शासन स्थापना गर्दा ४ हजार सेना रहेका थिए जसलाई बुलिहाङ योद्धा समेत भन्ने गरिन्थ्यो । यीनै बलिहाङ योद्धाले निर्माण गरेको कटकिल्लालाई बलिहाङगढी नामले चिनिन्थ्यो हाल यस गढीलाई बल्ढेङढी भनिन्छ ।
ऐतिहासीक र सामरिक किल्लाले महत्व रहेको यो बल्ढेङगढी महाभारत श्रृङखलाको दक्षिणमा पर्ने र यहा बलिहाङ राजाले बनाएको चौकी समेत रहको थियो । उक्त चौकीमा मगर उमराउ बस्दथे र त्यही बाटो भएर तराई,पहाड गरिने गौडा भएको त्यसबेलाको लोक इतिहासमा पाइन्छ ।
बलिहाङगढी दरवारले त्यतीबेला गोरखपुर सम्म शासन गर्दथ्यो । यसको शासन व्यवस्था त्यसबेला स्वर्णिम र प्रजामुखी भएको व्याख्या अरु राज्यहरुले समेत गरेको इतिहासमा पाइन्छ । । बलिहाङगढीका संस्थापक बलिहाङ राना मगर थिए भने यहाँका अन्तिम राजा रनवीर राना मगर भएको इतिहास छ ।
पाल्पाको सेनवंशीय राज्यको स्थापना भन्दा पहिले बलिहाङगढी राज्य निकै शक्तिशाली राज्यको रुपमा रहेको थियो ।
इ.सं. १४ सय देखी १६ सम्मका विचमा मुसीकोट, अर्घा, पाल्पा, खाँची, धुर्कोट, इस्मा र गुल्मी गरि सात राज्य स्थापना भएपछि बलिहाङगढी राज्य कमजोर भएको हो ।
यी सात राज्य मिलि बलिहाङगढीमा एकैपटक आक्रमण गर्दा इस्विसम्वत १६ सय तिर बलिहाङगढी राज्य पराजय भएको थियो ।
इ.सं. १४ सय तिर राजा बलिहाङले बलिहाङगढी राज्यको स्थापना गरे भने इस्विसम्वत १६ सय तिर बलिहाङगढीका अन्तिम राजा रनबिर रानामगर हुन पुगे ।
बल्ढेङगढी राज्यको विषयमा श्री ५ सुरेन्द्रबाट विक्रम सम्वत १८७२ मा श्रीधरका एघारौँ पुस्ताका बिष्णु उपाध्याय गौतमलाई बिर्ता दिएको र विक्रम सम्वत १८९८ मा पुर्ननविकरण गरेको इतिहासमा रहेको छ ।

देउसी भैलोको सुरुवात:-

न्यायप्रेमी राजा बलिहाङ राना मगर आफ्ना प्रजा सामु निकै लोकप्रिय र प्यारा थिए । यिनको मृत्यु भन्ने शव्द समेत त्यहाका प्रजाहरुले सून्न चाहान्नथे । एकदिन राजालाई मृत्युको दिव्य ज्ञान भएपछि उनले आफ्ना प्रजाहरुलाई वोलाएर भनेछन् अव म कार्तिकको औसीको रातमा परलोक हुनेछु तिमिहरु अहिले जस्तै मिलेर वस्नु दुःख र सुख आपसमा साटा साट गर्नु, राजाको मुख वाट यस्तो अशुभ सुनेपछि सारा जनता शोकमग्न रुदै कराउदै हजुरलाई बचाउन के गर्न सकिन्छ भनेछन् ।
आफ्ना प्रजा धेरै दुखी देखेपछि राजाले पनि मृत्युका राजा यमराजलाई पुकारेर मलाई बचाउन अनुरोध गर्नु यो भएमा म बाँच्नु सक्छु भनेछन् । सारा प्रजाले यमराजलाई प्राथना गरि आफ्ना प्यारा राजा बलिहाङलाई बचाउन घर घरमा वत्तिवाली अनुरोध गरे । जस अनुसार यमराजले पनि सारा जनताले वचाउन प्राथना गरिसकेपछि उनको आयु थपिदिएछन् भन्ने राजाराम सुबेदी द्धारा लिखित त्रिबिको इतिहास नामक पुस्तकमा बर्णन गरिएको छ ।

राजालाई बचाउन सारा प्रजाले यमराजलाई हाम्रा राजालाई बचाइदिनुस भन्दै गाइने गित फाइलो (मगरभाषामा बचाइदिनुस हो । ) वलिराजाले पठाको फाइलो गाएको गित नै अहिलेको दिउसी भैलो हो । फाइलो नै आजभोलि भैलो भएको हो ।
बलिराजाले पठाएको भन्ने शव्द पनि बलिहाङ राजाको प्यारो नाम हो ।
राजालाई मृत्युको मुखवाट बचाएपछि बलिहाङगढी राज्यले आफ्नो प्रजालाई खुसीयाली मनाउन भनेपछि फाइलो या अहिलेको भैलो र तिहारको औशीमा वत्ती बाल्ने प्रचलन सुरु भएको हो । त्यस‌बेलादेखि दाजुभाईलाई दिदिवहिनीले भाइटिका लगाइदिने रमाइलो गर्ने चलन पनी भएको पत्रकार मनोज घर्तीमगरको बलिहाङ राजाको अनुसन्धात्मक लेखमा पनि पाइन्छ ।
खास हिन्दु परम्परा अनुसार हुने दिउसी भैलो र भाइटिका बल्ढेङगढीका राज्यबाट सुरु भै संसारभर पुगेको इतिहास छ ।
वलिहाङ कै सन्तान राना मगरहरु:
बलिहाङगढीको राज्य राना मगरहरुको राज्य सञ्चालन थियो । अहिले यस क्षेत्रमा रहेको बलिहाङ राजाको तोरिखेत हालको सुकादमार , गोदोवारी हालको बुढीदमार र गहुवारी हालको खुर्सानेमा वसोवास गर्ने रानामगरहरु बलिहाङ राजाका सन्तती हुन ।
यसक्षेत्रमा अहिले पनि घनारुपमा मगरहरुको बस्ती रहेको छ । यो बस्तीमा बस्ने मगरहरुले आजपनि बलिहाङ राजाको दरवारक्षेत्रमा राजाले नै १४ औ सताव्दीमा स्थापना गरेको कुवारी देवीको मन्दीरमा पुजाआजा गर्दै आफ्नो पुर्खा सम्झीने गर्दछर्न । यो मन्दिरमा राजाको समयदेखीनै पल्ली मगर थरका पुजारी र बलिहाङगढीको तलपट्टि राजाले लडाइमा बलि दिने कालिका मन्दिर रहेको छ । जसमा राजाले पुन थरका मगरहरुलाई पुजारी राखेका थिए । याे चलन आजसम्म निरन्तर रुपमा चलिआएको छ ।
यी मन्दीरहरुमा यसक्षेत्रमा अहिले यसक्षेत्रमा रहेका सबै स्थानियहरुले श्रदापुर्वक पुजाआजा गर्दछन् ।

अहिलेको बलिहाङगढी:-
इतिहास बाेकेको बलिहाङगढी अहिले बल्ढेङगढीको नामले परिचित रहेको छ । यहाँ राजाका अवशेषहरुका रुपमा पुरानो गढिको ,इनार, युद्धका सयममा प्रयोगहुने किल्लाहरु, गुफा र दरवारको भग्नाशेष रहेको छ । दरवारको भग्नाशेष क्षेत्रमा कुवारीदुविको मन्दीर छ । जहा हजारौ भक्तजनहरु बैशाख पुर्णिमा, असार पुर्णिमा,दशैको अष्टमी,मंसीरको न्यागी मा पुजाआजा गर्न यहा पुग्दछन् ।
गढीको चारैतिर घना जंगल पनि रहेको छ । तलपट्टी मगरहरुको बस्ती छ । राजाले स्थापना गरेको कालिकाको मन्दिरमा दशैको पञ्चमीमा ठुलो मेला लाग्ने गर्दछ । जहाँ युद्धको समयमा प्रयोग गरिएका हतियारहरु खुकुरी,तरवाल र भालाहरु हातमा लिएर स्थानियहरुले नाचगान र बाजाघाजा बजाएर रमाईलो गर्ने गर्दछन ।
राष्ट्रिय समाचार समितिबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation