Pranmancha

Advertisment

SKIP THIS

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटाैं पटक विश्वविजेता

अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खचाखच भरिएका एक लाख ३० हजारभन्दा बढी समर्थक निराश बने । तेस्रोपटक एकदिवसीय विश्वकपको उपाधि जित्ने आशामा रहेका करोडौँ भारतीय समर्थकको विश्वासमा तुषारापात गर्दै अस्ट्रेलियाले कीर्तिमान रुपमा छैठौं पटक उपाधि चुमेको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४३ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा गरेको हो ।
अस्ट्रेलियाको जितमा ट्राभिस हेडले सतकीय पाली खेले । उनले टोलीको जितमा अविजित एक सय ३७ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान हेडले एक सय २० बलको सामना गरी चार छक्का र १५ चौका प्रहार गरे । त्यसअघि ओपनर ब्याट्सम्यान डेभिड वार्नर सात रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान मिचेल मार्स पनि १५ रन बनाउँदै आउट भएका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान स्टिभन स्मिथ पनि चार रनको ब्यक्तिगत स्कोरमै आउट भए । तर, पाँचौँ नम्बरका ब्याट्सम्यान मार्नस लाम्बुसेनले टोलीका लागि अविजित ५८ रनको योगदान गरे ।
टोलीको जितमा महत्वपूणर् योगदान गरेका उनले एक सय १० बलको सामना गरी चार चौका हिर्काएका थिए । ब्याट्सम्यानजस्तै भारतीय टोलीका बलरहरु पनि निरिह सावित भए । जसिप्रित बुमहारले दुई विकेट लिए । मोहम्मद सामी र मोहम्मद सिराजले एक—एक विकेट लिए । अस्ट्रेलियाले अतिरिक्त रुपमा १८ रन पायो ।
त्यसअघि अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतले निराशाजनक सुरुआत गरेको थियो । भारतले टोलीको कुल स्कोर एक सय रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । त्यसपछि भारतीय टोली दबाबमा परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation