भर्खरै बजारमा आएको पुस्तक कर्मणामा उनले पछिल्लो समयका आफ्ना अनुभूतिहरु सँगालेकी छन् । धनकुटाको कचिडे घर भएकी साहित्यकार घिमिरेको यो १४औं कृति हो ।
देब्रे खुट्टाका दुई औंलाको सहारामा लेखिएको आत्मवृतान्त जीवन काँडा कि फूलले २०६८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । बोल्न र हिँड्न नसक्ने झमकका दुवै हात चल्दैनन् । झमकले आफ्नो पछिल्लो कृति कर्मणा पढेर सुझाव दिन पनि पाठकसमक्ष आग्रह गरेकी छन् ।