प्यूठानमा बालसाहित्य सम्मेलन: विभिन्न ४ बिधामा बहस सेसन चल्ने, उद्घाटन सुर्य थापाले गर्ने !

प्यूठान जिल्लामा हुन लागेको बालसाहित्य सम्मेलनकाे पूर्व सन्धयामा आज बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी र्‍याली भव्य रुपमा सम्पन्न भएको छ । देशभरका खासगरी बाल साहित्यकाे क्षेत्रमा क्रियाशील रहेका साहित्यकार तथा सम्बद्घ सराेकारवालाहरुकाे व्यापक उपस्थितिमा खलंगामा प्रभातफेरी पश्चात् जनता माध्यमिक विद्यालय बाग्दुलामा २८ आैँ बाल साहित्य सम्मेलनकाे उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता सुर्य थापाले गर्नेछन् ।

प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट निकालिएको प्रभातफेरी पर्यटकीय गन्तव्य मल्लरानी पुगेर खानपिन गरी मुख्य व्यापारीक केन्द्र बाग्दुलामा रहेकाे जनता माविमा उद्घाटन सत्रमा सहभागी हुने बाल साहित्य समाजका केन्द्रीय महासचिव विजयराज आचार्यले बताए । उनले याे कार्यक्रम जिल्लाकाे साहित्यीक उननन्वयकाे क्षेत्रमा निकै महत्त्वपूर्ण काेशेढुङगा हुने बताउँदै याे सुखद अवसरमा सबै साहित्यनुरागीहरु जुरुक्क उठ्न जरुरी रहेकाे बताए ।

सम्मेलनकाे अवसरमा कथालेखन, कथावाचन, प्रशिक्षण, नृत्य, अभिनय, पुस्तक बिमाेचन, कविता लेखन, चित्र लेखन, निबन्ध लेखन र हस्तलेखन लगायतका बिधामा प्रशिक्षण कार्यक्रम गरिने छ भने बहुसराेकमरवालाहरुकाे ध्यानाकर्षणकाे लागि बहस सेसन पनि सञ्चालन गरिने भएको छ ।

बहस सेसन अन्तर्गत राजनीतिक सवालाई केन्द्रमा राखेर प्यूठान हिजाे, आज र भाेली, प्रश्नहरुकाे घेरामा जनप्रतिनिधि विषयमा प्यूठानबाट निर्वाचित राजनीतिक वक्ताहरु प्रतिनिधि सभा सदस्य सुर्य थापा, प्रदेश सदस्य निमा गिरी तथा प्यूठान नगरपालिकाकनका मेयर बिष्णु याेगीलाई साहित्यकार घनश्याम आचार्यले प्रश्नकाे घेराबार गर्नेछन् ।

सपनाहरुकाे दुर्घटना र आजका बालबालिका सवालमा पत्रकार संजय रिजालले वक्ताहरु साहित्यकार केके कर्माचार्य, इन्दिरा दली तथा अजित पत्रालाई सवालजवाफ गराउने छन् ।

लेखक तथा राजनीतिक अभियन्ता प्रमाेद धितालले के पढाइरहेका छाैँ हामी बालबालिकालाई ? भन्ने शिर्षकमा वक्ताहरु बिमला निराैला, राधेश्याम लेकाली, ध्रव घिमिरेलाई छलफलमा सरिक गराउने छन् ।

त्यस्तै सञ्चारकर्मी पदम प्रसाद पाेख्रेलले बालबालिकाकाे सर्वाङगीर्ण विकास र हाम्रो अभ्यास शिर्षकका वक्ताहरु शैलेन्द्र प्रसाद नेपाल, भावेश भुमरी र हंशवर्ती कुर्मासँग साक्षातकार गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation