बिरामी बोक्ने एम्बुलेन्स पानीघट्टका सामान ओसार्दै, सरोकारवाला बेखबर !

रोल्पाको अत्यन्तै विकट भूगोलमा पर्ने गंगादेब गाउँपालि कुनै न कनै रुपमा विवादको केन्द्रविन्दुमा परिरहने गाउँपालिका हो । निरिह जनप्रतिनिधि र फितलो प्रशासन भएपछि कुनैपनि क्षेत्रमा समस्याहरुको ओइरो आइनैरहन्छ । यतिबेला गंगादेब गाउँपालिकाले बिरामी बोक्ने एम्बुलेन्समा पानीघट्टका सामाग्र्री बोकर फेरी आफ्नो मुकुण्डो झन उदाङगो पारेको छ । कुनैपनि बिरामीहरुको उपचार अभावमा ज्यान नजाओस भन्ने उदेश्यले गाउँपालिकाले त्यहाँका स्थानियको सेवालाई केन्द्रमा राखेर राज्यको झण्डै आधा करोड लागतमा किनिएको उक्त एम्बुलेन्सले पानीघट्टका सामान ओसारपसार गरको फोटो मंगलबार सार्वजनिक भएको हो ।

बिरामी बोक्नका लागि लिइएको सो एम्बुलेन्समा अन्य यातायातका साधनहरु प्रश्स्त चल्दाचल्दै पनि ढुवानीका सामाग्री बोक्नु हदैसम्मको गैरजिम्मेवार र लापरवाही भएको स्थानिय शेरबहादुर वलीले बताए । उक्त बिषयमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेतले आफु बेखबर रहेको बताए । उनले कहिलेकाँही खाली फर्कने एम्बुलेन्सले सामान,यात्रु बोकेको हुनसक्ने बताउदै यो बिषयमा तत्काल घटनाक्रम बुझेर आवश्यक कदम चाल्ने भन्दै घुमाउरो प्रतिक्रिर्या राखे ।एम्बुलेन्स जस्तो संवेदनशिल गाडिमा कहिले घाँस बोक्ने, कहिले प्यासेन्जर बोक्ने, कहिले भ्रमणमा निस्कने प्रवृतिले स्वयं एम्बुलेन्सको मर्म र उदेश्यप्रति गंभीर आघात भइरहेकोले यस बिषयमा सरोकारवाला सबैले समयमै सचेत पहलकदमी लिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation