![](https://pranmancha.com/wp-content/uploads/2023/12/FB_IMG_1701696071934.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/12/FB_IMG_1701696071934.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/12/FB_IMG_1701696071934.jpg)
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै बास्तोलाले देशमा जबर्जस्त लादिएकाे एमसीसी कार्यान्वयनमा जान नदिन हरेक देशभक्त नागरिकहरु जागरुक भएर संघर्ष नगरे मुलुक नयाँ युक्रेन बन्ने दिशामा गइरहेको जिकिर गरे ।
उनले एक प्रसंगमा सुरुमा कांग्रेस, एमाले र माओवादीका ९५ प्रतिशत बढी याे परियाेजनाकाे विपक्षमा देखिएपनि आदेशात्मक अन्तिम कलाे खानेबेला सबै एउटै गाडी चढेर लम्पसार परेकाे बताए । साे कार्यक्रममा उनले भने, ” याे परियाेजना हुबहु लागू भयाे भने नेपालीको निम्ति सबैभन्दा दुर्भाग्यपूर्ण हुनेछ, हिजाे महाकाली सन्धि गरेर अरबाैँ रकम देशमा आउँछ भन्दा आज भारतले महाकाली नै आफ्नो दाबी गरिरहेकाे छ, इस्ट इन्डिया कम्पनीको नाममा आएका बेलायती व्यापारी मिसिनरीहरुले भारतमा झन्डै ३ सय वर्ष शासन गरेर त्यहाँको सम्पूर्ण खजाना लुटे, इजरायल र युक्रेनलाई उस्काएर त्यहाँका जनताकाे नरसंहार गरेर हतियार बेचिरहेकाे छ ।
त्यस्तो नरसंहारकारी अमेरिका नेपालकाे माैजुदा संविधान भन्दा माथि रहनेगरी आएपछि अब हाम्रो हालत कहाँ जाला ? के याे परियोजना विकास बाेकेर आएकाे हाे ? यस विषयमा सबै गम्भीर हुन जरुरी छ । त्यसकारण विदेशी कलाे खाने लाेभमा ल्याइएकाे पश्चिमी मिसीनरी कार्यक्रम सम्पूर्ण देशबासी एकताबद्ध भएर जसरी पनि देशबाट खेद्नुपर्छ ।” उनले एमसीसी लगायत हरेक राष्ट्रघाती सन्धि सम्झौताकाे विरुद्धमा माेहन वैद्य नेतृत्वको पार्टीले देशभर जागरण तथा भण्डाफाेर कार्यक्रम गरिरहेकाले याे अभियानमा लाग्न सबैलाई आग्रह गरे ।
त्यस्तै नेकपा मशालका केन्द्रीय सदस्य शशिधर भण्डारीले अमेरिकी साम्राज्यवाद पाकिस्तान, दक्षिण काेरिया, ताइवान, मंगाेलिया र नेपालमार्फत सम्पूर्ण ढंगले चीनविराेधि गतिविधि गर्ने चेष्टाले नेपालमा एमसीसीमार्फत वैधानिक घुसपैठ गरिरहेकाले यसकाे खारेजी नभए नेपाल दुई शक्ति राष्ट्र चीन र भारतकाे चेपुवामा परेर नेपाल खरानी हुने बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला “कंचन” को प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश सह-संयोजक निरजकुमार केसी, संचालन पार्टीका केन्द्रीय सदस्य विरेन्द्र शाह, स्वागत मन्तव्य पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा साे पार्टीका लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम सुवेदी सहित अन्य अतिथि वक्ताको रुपमा नेकपा ( मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी, बुद्धिजिवी रामप्रसाद जैसी, जनप्रतिरोध अभियानका प्रतिनिधि प्रमोद धिताल , नेकपा दाङका सचीव जनक सी , राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य , माओवादी केन्द्र दाङ सचिव विश्वराज आचार्य रहेका थिए ।
।