प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबिच भेटवार्ता

२१ मंसिर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचरले बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।ण

बुधबार काठमाडौं आएकी लाउबाचर  हिजै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation