पीडितहरु न्याय खोज्दै २० दिन हिडेर काडमाण्डौं, न्यायको सट्टा धरपकट

मुलकमा विधिको शासन किन हुँदैन ? जिम्मेवार सरकार हुँदो हो त पीडितहरु अन्य सयौँ पीडा र समस्याका विटाहरु बोकेर न्यायको भिख माग्दै किन भौतारिरहनु पर्दथ्यो र तर सत्ता र पदिय भागबन्डाको लडांइमा व्यस्त नकाम सरकारले जनआवाज र नागरिकको समस्या सुन्नु, समाधान गर्नु भनेको एका देशको कथा जस्तै हुन्छ । यसको पछिल्लो एक उदाहरण हो बाँकेको न्यायको खोजीमा नेपालगन्जबाट सिंहदरबार ताकेर हिँडेका पीडित परिवार । पीडित परिवार लामो समयदेखि न्यायको पर्खाइमा रहेको छ । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् ।

२० दिन हिँडेर आएका उनीहरू शुक्रबार बिहानै ब्यानर बोकेर माइतीघर पुगेका थिए । ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदारजस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित उनीहरू अनसनमा थिए ।

टोलीमा सहभागी रुबी खानले आफूहरूले अनशन सुरु गरेको बारे काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिए पनि साँझ प्रहरीले हस्तक्षेप गरेको बताइन् । ‘शान्तिपूर्ण तरिकाले न्याय माग्दा पनि यस्तो भयो,’ उनले भनिन् ।
उनीहरूले शुक्रबार नै नेपालगन्जमा भएका दुई महिला हिंसा र मृत्युको घटनामा न्याय नपाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् ।
२० दिन हिँडेर आएका उनीहरू शुक्रबार बिहानै ब्यानर बोकेर माइतीघर पुगेका थिए । ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदारजस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित उनीहरू अनसनमा थिए ।

टोलीमा सहभागी रुबी खानले आफूहरूले अनशन सुरु गरेको बारे काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिए पनि साँझ प्रहरीले हस्तक्षेप गरेको बताइन् । ‘शान्तिपूर्ण तरिकाले न्याय माग्दा पनि यस्तो भयो,’ उनले भनिन् । उनीहरूले शुक्रबार नै नेपालगन्जमा भएका दुई महिला हिंसा र मृत्युको घटनामा न्याय नपाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् । ११ महिलासहितको टोलीले शुक्रबार बिहानैदेखि माइतीघर मण्डलामा ब्यानरसहित धर्ना दिएका थिए । नन्कुन्नी धोबी र निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान तथा छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका १३ जनालाई प्रहरीले उठाएर लगेको छ । न्यायको खोजीमा नेपालगन्जबाट हिँडेरै काठमाडौँ आएका उनीहरुले शुक्रबार माइतीघरमा धर्ना दिएका थिए । ब्यानरसहित धर्ना दिएकै स्थानबाट उनीहरुलाई प्रहरीले उठाएर लगेको हो । ु१३ जनालाई प्रहरीले उठाएर लग्यो । हामी लुकेर बसेका छौँु आन्दोलनमा सहभागी रुबी खानले कान्तिपुरसँग भनिन्। शुक्रबार दिउँसोदेखि नै उनीहरुलाई माइतीघर छाड्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिँदैआएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation