यू १९ एसिया कप: उपाधिका लागि बंगलादेश र युएईबीच भिड्दै

दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ।  सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएका हुन्।

बंगलादेशले साबिक विजेता भारतलाई ४ विकेटले हरायो। भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो।

अर्को सेमिफाइनलमा घरेलु टोली युएईले पाकिस्तानलाई ११  रनले हरायो। १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले  ४९दशमलव  ३ ओभरमा १८२  रनमात्र बनायो। एसियाकपमा सहभागी नेपाली युवाटोली भने समूह चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation