राष्ट्रिय क्रान्तिकारी माेर्चाकाे भेला कपिलवस्तुमा

 राष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला शनिबार कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का पाेलिटब्युरो सदस्य सलमान खानले गरे भने कार्यक्रमकाे संचालन प्रमोद धितालले गरेका थिए ।

ब्यानरमा लिखित अक्षरहरुको वाचन गरी नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिब सन्तबहादुर नेपालीले भेलाको उद्घाटन गर्दै नेपालीले देशको रक्षाका निम्ति देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरुको मोर्चा जरुरी भएको स्पष्ट पारे ।

भेलालाई शुभकामना राख्दै मार्क्सवादी विचार मंचका केन्द्रीय सचिब बिन बहादुर कुवँरले यो मोर्चाको लक्ष र आजको देशको बस्तुगत अबस्थालाई अध्ययन गरेर आफ्नो तर्फ़बाट सम्पूर्ण रूपमा साथ सहयोग रहने बताए। उनले देशमा सामन्तवाद, दलाल पूँजीवाद नाेकरशाही ब्यवस्थाको अन्त्यको लागि अब एक हुने समय आएको बताए । उनले भने ´नेपाली जनतामा एउटा भ्रम छरिएको छ त्यो हो नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसक्यो भनेर एमाले, समाजवादी, माके, बिप्लवहरूको काम रहेको छ यो भ्रमबाट नेपाली बामपन्थी र नेपाली जनता भ्रममुक्त हुनुपर्ने छ ।`

अर्का बक्ता नेकपा मशालका पाेलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख कृष्ण पौडेलले देशमा ६५-७०% वामपन्थी जनमत भएको मूलुकमा साम्राज्यवादी र सामन्त नौकर शाही, दलाल पूँजीवादी शक्तिको हालीमुहाली भएकोले साना साना दलमा सीमित रहेर जनताको अधिकार सुरक्षित हुने छैनन त्यसैले देश भित्र रहेका सम्पूर्ण प्रजातन्त्रवादी, जनवादी, देशभक्त, प्रगतिशील, किसान, मजदूर एक भएर प्रतिगामी शक्ति तथा प्रतिक्रियावादी दलाल नोकरशाही दलाल पूँजीवादी ब्यबस्थाको बिकल्प खाेज्न ढिलाइ भएको बताए ।

त्यस्तै उनले यो मोर्चालाई अझ व्यापक बनाउँदै यथास्थितिलाई चिरेर जनवादी ब्यवस्थाको बाटोमा अघि बढ्न अपरिहार्य भएको बताए ।

क्रान्तिकारी मोर्चाले बन्द भएका उद्योग कलकारखाना पुनसुचारू गरी देशमा रोजगारीको ब्यबस्था गर्नु पर्ने, कृषिमा आधुनिकीकरण गर्नु पर्ने, उत्पादनमा ब्यापक वृद्धि गराउन सरकारको ध्यानआकर्षण गराई हाम्रो तर्फ़बाट पनि गाउँगाउँमा किसानका समस्याबारे सचेतना जगाउने काम गर्ने छ । विदेशी शक्तिले हाम्रो देशमा हाम्रो भाषा- संस्कृतिमाथि व्यापक हमला भएकोले सशक्त आन्दोलनको खाँचो भएको वक्ताहरूले स्पष्ट पारेका थिए ।

कार्यक्रममा मोर्चाको तर्फ़बाट प्रमोद धितालले क्रान्तिकारी मोर्चाको कार्यदिशा र आगामी कार्यभार सुनाउँदै साे बारे स्पष्ट पारे ।

भेलाले प्रमोद धितालको संयोजकत्वमा १३ सदस्यीय प्रदेश समिति गठन गरेको छ। जसमा सदस्यहरू: दीपक पौडेल, मेघराज भट्टराई, बिमला सापकोटा, बी शंकर, कृष्ण केसी, सल्मान खान, खल्लू चौधरी, दिलशाद खान र अमृत बि.क. रहेका छन् भने पछि थप्नेगरी दुई स्थान रिक्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation