“बागी स्त्रीकाे आत्मकथा” काे बहस तथा सार्वजनिक समारोह आज

पछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक हुनेछ ।

कविता संग्रह सार्वजनिक समारोहमा साहित्यकार तथा चिन्तक आहुतिसँगै कुमारी लामा र अभय श्रेष्ठले कवि र कविताबारे विमर्श गर्नेछन् ।

यस संग्रहमा बागी तथा प्रतिरोधी चेतका कविताहरू समेटिएको कवि सुमिना बताउछिन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation