स्थानीय र जनप्रतिनिधिले गरे जुम्री खोला सरसफाई

प्यूठान १४ पुष।आज शनिवार प्यूठान नगरपालिकाको जुम्रीमा रहेको खोला स्थानीय र जनप्रतिनिधिले सरसफाई गरेका छन्।
प्यूठान नगरपालिकाको वडा नं-२,३ र ४ हुँदै जुम्रीबजारको आसपास भएर बग्ने खोलाको स्थानीय समुदाय सहित जनप्रतिनिधि हरुले सरसफाई गरेको प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले बताए।
जुम्री खोलाको पर्यावरणलाई हराभरा र स्वच्छ बनाउन खोलामा आएका प्लास्टिक एवं फोहोरहरुलाई व्यवस्थित गरिएको छ।
सरसफाई कार्यक्रममा प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्मा,नगरप्रवक्ता एवं वडा नं- ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ,वडा नं २ का वडाध्यक्ष मोहन सिह बिस्ट लगायत स्थानीय गरि करिव १ सय जनाको उपस्थिति रहेको थियो।
जुम्री बजारको सौन्दर्यकरण र व्यवस्थापन गर्नका निम्ति स्थानीयवासीहरुसँग हातेमालो गर्दै प्यूठान नगरपालिका अग्रसर हुने समेत नगरप्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation