साहित्य परिषद प्युठानको माघमा स्थापना दिवस;कोको हुदैछन सम्मानित?

प्युठान १४ पुष।साहित्य परिषद प्युठानले आगामी माघ ३ गते २९औं  स्थापना दिवस मनाउने भएको छ।साहित्य परिषद प्यूठानको पुष ६ गते बसेको स्रस्टा छनोट समितिको बैठकको निर्णयबाट विभिन्न विधाका स्रस्टाहरुलाई विधा अनुसारका पुरस्कारद्वारा सम्मान गरिने भएको छ।

जसमध्ये भुपेन्द्र स्मृति पुरस्कारद्वारा विजयराज आचार्य र शशिधर भण्डारी,मिना साहित्य पुरस्कारद्वारा सिता बि.क,ठगिदेवी साहित्य पत्रकारिता पुरस्कारद्वारा सुशील पोख्रेल,नवप्रतिभा पुरस्कारद्वारा लोकेन्द्र जिसी र कर्नेल नर लिला साहित्य पुरस्कारद्वारा रामप्रसाद पोख्रेल सम्मानित सुचीमा परेको साहित्य परिषद प्युठानकि कार्यवाहक अध्यक्ष बिमला खनालले प्राणमन्चलाई बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation