Pranmancha

Advertisment

SKIP THIS

आज सन्दीप लामिछानेमाथि अदालतले सजाय तोक्दै

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए । सँगै सजाय तोक्न पुस २५ गतेको पेशी तोकेका थिए ।

आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरु बताउँछन् ।

न्यायाधीश शिशिरराज ढकालले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए ।  उक्त कानून व्यवस्था (दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation