न्याय समितिको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री , भारतसँग भएका सम्झौताबारे जानकारी दिने

आज बिहान एघार बजे बस्ने बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे छलफल हुने छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई देशबीच भएका सम्झौताका विषयमा समितिलाई जानकारी गराउने छन् ।

यही पुस १९ गते आयोजित नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आएका थिए । सो भ्रमणको क्रममा काठमाडौंस्थित भारतीय दूतावासले एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्न सक्ने लगायतका विषयमा दुई देशबीच सम्झौता भएका थिए । यो सम्झौता गरेपछि सरकारको आलोचना भएको छ ।

यसअघि संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासले २० करोड रकम आफूखुसी खर्च गर्न नपाउने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation