अफगानिस्तानमा ८०० महिलासहित १९ हजर कैदी कारागारमा

अफगानिस्तानमा कम्तीमा ८०० महिला कारागारमा रहेको खुलेको छ। टोलो न्युजका अनुसार ती कारागारमा विभिन्न प्रकारका हिंसा गरिनुका साथै र आधारभूत अधिकारबाट समेत वञ्चित गराइने गरिएको छ।

सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका कारागारमा हाल ८०० महिलासहित करिब १९ हजार कैदी छन्। फरक–फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ।

अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागार नभएको बताएका छन्। उनले जेलमा कैदीलाई यातना दिइने आरोपको खण्डन गरे। ही सैन्य र राजनीतिक विज्ञले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशन उपलब्ध गराउन शुरु गर्न आह्वान गरेका छन्।

राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्त्वपूर्ण  भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने  बताएका छन्।

तालिबानले सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेपछि  कक्षा ६ भन्दा माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलालाई पुरुष संरक्षकसँग मात्र यात्रा गनुपर्ने नियम लगाएको छ।

तालिवानले सौन्दर्य सैलुन बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation