अव्यवस्थित संरचना हटाउन नगरपालिकाले दियो १५ दिन

प्युठान,२६ पुष।अव्यवस्थित  किराना पसलहरु हटाउन नगरपालिकाले पन्ध्र दिन दिएको छ।प्युठान नगरपालिकाको वडा नं-८ बाग्दुला बजारमा सडकलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने भएकोले किराना पसलहरु हटाउन नगरपालिकाले निर्देशन दिएको नगरप्रमुख विष्णु योगीले बताउनुभयो।
नगरप्रमुख योगीले भन्नुभयो ‘सूचनाको बेवास्ता गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने छौ।’

प्युठानको मुख्य बजार केन्द्र मानिने बाग्दुलामा सवारी साधनमा आवतजावत गर्न कठिनाई भएसंगै सडक क्षेत्रको दायाँबायाँ तर्फ अव्यवस्थित रुपमा रुपमा संचालनमा रहेका तरकारी फलफुल तथा किराना पसलहरु १५ दिन भित्रमा हटाईसक्नुपर्ने नगरपालिकाले बिहीवार एक सूचना मार्फत जानकारी दिएको छ।

बाग्दुला बजारको सडकलाई व्यवस्थित रुपले मर्मत सम्भार गर्न थालिएको छ।सडकलाई व्यवस्थित गर्ने हेतुका साथ नगरपालिकाले बाग्दुला बजारमा अवैध संरचना हटाउन मंगलवार डोजर चलाएको थियो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation