राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै

आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५१ जना उमेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।

आयोगका अनुसार ५२ जनाको उम्मेदवारी परे पनि एकजनाको उम्मेदवारी शुक्रबार फिर्ता भएको छ। लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका छन्।

राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलबाट उम्मेदवारी परेको छ। यसमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवारको मनोनयन दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation