Pranmancha

Advertisment

SKIP THIS

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।

यसका साथै, आर्थिक तथा प्रशासनिक नियमावली, विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्ताव तयारी, अन्य काम तथा महाधिवेशनमा सहयोग गर्ने जिम्मेवारी दिने।

पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा पनि तय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation