सांगठनिक अभियानमा सकृय नेकपा सल्यान, दार्माकाे वडाभेला सम्पन्न

फारुला, सल्यान
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यान अन्तरगत दार्मा गाउँपालिका वडा नम्बर ५ काे दाेर्साे वडा भेला  सम्पन्न भएको छ। दार्माकाे ढाकाडामकाेटमा सम्पन्न भएको पार्टीको वडा भेलाले लाेक बहादुर खडका (लाेक बहादुर सी) काे नेतृत्वमा २३ सदस्यीय पार्टीको वडा समिति र कमरेड दीपक ओली (दीपक सी) काे नेतृत्वमा ५ सदस्यीय वडा सल्लाहकार समिति निर्वाचित गरेको छ।

 

पार्टीको साे वडा भेलालाई पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज कमरेड भीमसेन सी, जिल्ला सचिव कमरेड मदन सी र जिल्ला समितिका वरिष्ठ सदस्य कमरेड मेसी सी लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।

 


भेलालाई सम्बाेधन गर्दै पार्टीका जिल्ला इन्चार्ज कमरेड भीमसेन सीले नेपालमा समाजवाद नआएसम्म जनताले सु:ख र समृद्धि नपाउने बताए । नेपाली माटो नै समाजवाद सुहाउँदो भएकोले अरु व्यवस्थाले देशको भलाे गर्न नसक्ने उनलेे बताए ।


भेलालाई सम्बाेधन गर्दै जिल्ला सचिव कमरेड मदन सीले देशमा समाजवादी व्यवस्था आयो भने आधारभूत आवश्यकताकाे लागि काेहि पनि विदेश जानू नपर्ने बताए । साे भेलाबाट निर्वाचित भएका वडा कमिटी सदस्यहरु- देव बहादुर खड्का, मदन परियार, मानसिंह परियार, किरण चन्द, चन्द्रकला सुनार, नन्दी सुनार, रवि कामी, कल्पना बि. क., निम बहादुर के.सी., पदमी कामी, राम बहादुर के.सी., वीर बहादुर के.सी., गणेश के.सी., थल बहादुर के.सी., दल बहादुर के.सी., गाेबिन्द के.सी, हिरा परियार, खिमा बि.क., मनिषा चन्द, सुन्तली बि.क.र मैना चन्द रहेका छन् । त्यस्तै भेलाबाट निर्वाचित सल्लाहकार सदस्यहरुमा रिम बहादुर के.सी. र लालवीर के.सी. रहेका छन् । २ जना सल्लाहकार पछि थपिने नेकपा सल्यान स्राेतले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation