जब ज्येष्ठ नागरिकसँग प्रथम वार्षिक उत्सव मनाए…

माघ ६,प्युठान।राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला कार्यसमिती प्युठानले ज्येष्ठ नागरिक सँग वार्षिक उत्सव मनाएको छ।समितिले शनिबार एक कार्यक्रम आयोजना गरि प्युठान नगरपालिका -४ बिजुवारमा रहेको वयोवृद्ध एवम् अनाथ संरक्षण मञ्च ज्येष्ठ नागरिक सेवा केन्द्रमा आफ्नो प्रथम वार्षिक उत्सव भव्य रुपले सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख एवम् प्रमुख अतिथि  दुर्गा रेग्मीले सबै धर्म समान रहेको र सबै धर्मको आआफ्ना विशेषता रहेको बताउदैं राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान प्युठानलाई लोकभजन संरक्षणको निम्ति आफूहरुले सक्दो सहयोग गर्ने बताएकी छन् ।

प्रथम वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष भूपेन्द्र अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन एवम् लोकभजनलाई थप व्यवस्थित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए।उनले भने ‘लोकभजनबाट सुसूचित गर्दै समाजलाई अनुशासन र सत्मार्गको बाटोमा हिडाँउन लागि पर्नेछौं।’; ‘ओझेलमा परेका धार्मिक तथा एतिहासिक क्षेत्रमा कार्यक्रम गरि पर्यटनमा प्रवर्द्धन गर्नेछौं।’

प्रतिष्ठानका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यता,प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माको विशेष आतिथ्यता रहेको थियो।त्यस्तै हिन्दु स्वयंसेवक संघ प्युठानका अध्यक्ष सालिग्राम पण्डित,पातञ्जल प्रशिक्षक लुम्बिनीका अध्यक्ष डा.ओमहरि भट्टराई लगायतको आतिथ्यता  रहेको प्रतिष्ठानका सचीव एवम् कार्यक्रम सञ्चालक  मधुसूदन खड्काले बताए।साथै छिटै हरेक पालिका र वडामा लोकभजन प्रेमीहरुको कमिटी गठन गर्ने र सत्मार्गमा आउने वातावरण तयार गर्ने सचीव खड्काले बताए।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी एवम् लोकभजप्रेमीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation