आजको मौसम : देशका केही ठाउँमा हिमपातको सम्भावना

७ माघ, काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने  हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।

भोलि सोमबार पनि देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation