त्रिविको उपकुलपतिमा ४३ जनाको आवेदन

दरखास्त दिनेमा विश्वविद्यालयका बहालवाला उपकुलपतिले समेत त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन दरखास्त हालेका छन्।

उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंहले पनि दरखास्त दिएका छन्। ०७६ मा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिदैँ छ। उनको पनि दरखास्त परेको  उपुकलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए।

त्यस्तै त्रिविकै कार्यवहाक उपकुलपति शिवलाल भुषालले पनि  दरखास्त दिएका छन्।  दरखास्त दिनेमा त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाँ, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष चन्द्रमणि पौडेल, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्माले पनि छन्।  त्यस्तै टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी छन्।

यस्तै पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले आवेदन दिएका छन्।

त्यस्तै त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै विश्वविद्यालय कार्यवाहक उपकुलपतिका भरमा सञ्चालनमा छ।

नयाँ उपकुलपतिको पदपूर्ति नभएसम्म विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाललाई तीन महिनाका लागि जिम्मेवारी तोकेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation