सल्यानमा विवाह नगर्दै श्रीमतीको हत्या

सल्यान, ८ माघ ।  सल्यानमा विवाहका लागी ल्याएकी श्रीमतिको हत्या भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा बस्ने अन्दाजी २३ वर्षिय मोहन पुनले विवाह गर्ने भनेर दुई महिना अगाडी मात्रै ल्याइएकी सिमा कवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले गत मंसिर १० मा मात्रै मोहनले सिमालाई विहे गर्न भनेर ल्याएको र उनीहरुले सिन्दुर हालेर विवाह नगरेको तर श्रीमान श्रीमतिको रुपमा बस्दै आएको बताउनुभयो ।

हत्या आरोप लागेका श्रीमानलाई सोमबार दिउँसो घर नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले आइतबार राती ९ बजेतीर नै महिलाको हत्या भएको अनुमान गरिएको बताउनुभयो । ति महिलाको यस अघि अन्यत्रै विवाह भएकाले पहिलेकै श्रीमानलाई फोन गरेको भन्दै मोहनले कुटपिट गरी हत्या गरेको बताइएको छ । प्रहरीले भने श्रीमानलाई पक्राउ गरिएको र घटनाबारे सोधपुछकै क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation