सनराइज एकेडेमीको तेह्राैँ वाषिर्कोत्सव सम्पन्न

घाेराही १२ मा अवस्थित सनराइज एकेडेमीले आफ्नो स्थापनाकाे तेह्राैँ वर्षगाँठ एक भव्य समाराेहबीच बिहीबार सम्पन्न गरेकाे छ ।

वार्षिकोत्सबकाे अवसरमा विद्ययमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले गायन तथा नृत्यसहितकाे सांगीतिक प्रस्तुत गरेका थिए भने वार्षिकोत्सबकाे अवसरमा विद्यालयका १३ शिक्षक स्टाफहरुले रक्तदान कार्यक्रम गरिएकाे विद्यालयका प्रिन्सिपल टिकाराम केसीले बताए । रक्तदान जीवनदान भन्ने विषयलाई ध्यानमा राखेर रक्तदान गरिएको उनले बताए ।

कार्यक्रम घाेराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी प्रमुख आतिथ्यतामा भयाे भने सभापति विद्यालय संचालन समिति सदस्य तथा १२ नम्बर वडाध्यक्ष द्राेणबहादुर बहकारी रहेका थिए ।

कार्यक्रमकाे विशेष अतिथि प्याब्सन घाेराही नगर अध्यक्ष विरेन्द्र चन्द, मावि हापुर विजाैरी प्र.अ. गनबहादुर वली
रमना पाठशालाका प्रिन्सिपल विष्णु हमाल लगायत रहेका थिए भने स्वागत मन्तव्य विद्यालयका सहायक प्रधान्यापक बुद्विराज वलीले राखेका थिए ।

कार्यक्रमकाे सहजीकरण विद्यालय स्टाप नारायण शाक्य अनमिका शाक्यले गरेका थिए ।
वार्षिकोत्सबकाे अवसरमा विभिन्न पुरस्कारहरुबाट अनुशासित, जेहेन्दार, विपन्न, उत्कृष्ट खेलाडी लगायतका क्षमतावान विद्याथीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

तुलसीराम स्मृति अक्षकाेषबाट सम्मानित हुनेमा अनुशासनतर्फ काैशीला घर्ती, जेहन्दार- एलेक्स बुढा, विपन्नमा सविन खत्री रहेका छन् ।

केही तस्बिरहरू

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation