टीकाबहादुरकाे कृति “माक्र्सवाद र उत्तरआधुनिकतावाद”काे लाेकार्पण

पत्रकारिता र साहित्य जगतमा कलम चलाइरहेका टीकाबहादुर बस्नेतकाे नवीन कृति माक्र्सवाद र उत्तरआधुनिकतावादकाे घाेराहीमा एक भव्य समाराेहबीच शनिबार लाेकार्पण भएको छ ।

पुस्तक सार्वजनिक समाराेह कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, विशिष्ट अतिथि लेखक तथा वाम विश्लेषक राेशन जनकपुरी, कृतिका समीक्षक राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, वाम विश्लेषक तथा लेखक प्रमाेद धिताल एवम् साे समाराेहका अध्यक्ष विएन पुस्तक संसारका प्रबन्ध निर्देशक, मेधाबी कन्सर्नका सञ्चालक सुर्य बिसीले एकसाथ पुस्तककाे सार्वजनिक गरे ।

पुस्तककाे विषयमा कार्यक्रमका अतिथि एवम् समीक्षक प्रमाेद धितालले पुस्तककाे दार्शनिक खण्डको निर्मम समीक्षा गरे उनले पुस्तकमाथि बाेल्दै
हर मानिसका लागि दर्शन अनिवार्य विषय भएकोले आम मासमा पुग्न जरुरी छ । दर्शनकाे अध्ययन र बुझाइबिना मानिसकाे जीवन अधुराे हुने हुनाले दर्शन विश्व दृष्टिकोणकाे निर्माण गर्ने महत्त्वपूर्ण हतियार भएको बताए ।

धितालले पुस्तकमा लेखकले दर्शनलाई सरल र सहज भाषामा व्यक्त गर्ने काेसिस गरेकाे बताए । शिक्षित भनिने तहमा पनि दर्शनकाे निकै खडेरी हुनुमा मूल समस्या पठन संस्कृतिकाे अभाव भएको यथार्थता प्रस्तुत गरे ।

समीक्षक धितालले भने, “दर्शन मान्छेकाे दैनिक जीवनका प्रत्येक आयामसँग जाेडिएकाे भएपनि यसकाे व्यवस्थित प्रयाेग र सचेतनामा समस्या छ । दर्शनमा पनि वर्गीय छ र संसारभरि वर्ग विभाजित छ । दर्शन विधा एकाएक भएको नभई विभिन्न दार्शनिकहरुकाे खाेज अनुसन्धान, त्याग र बलिदानबाट विकास भएको हाे ।”

 

धितालले प्रस्तुत कृतिमा दार्शनिक विकासक्रम र उनकाे याेगदानलाई अवमूल्यन गरिएकाे बताए ? उनले आफू समाजमा माैलाएकाे बुद्धिवादी मत विरुद्ध भएकाे जिकिर गर्दै ज्ञान निर्माणका तीन चरण ब्यबहार, ज्ञान र व्यवहार गरी सिकाइका तीन चरण हुन्छन् । ज्ञानकाे साेतमा जानू, त्यसलाई


समालाेचनात्मक खण्डको समीक्षा गर्दै साहित्यकार टिकाराम उदासीले दर्शनजस्ताे गहन र जटिल बिधामा कलम चलाउनु निकै अप्ठ्यारो भएपनि लेखक जबर्जस्त प्रवेश गर्नु सुखद रहेकाेले धन्यवाद व्यक्त गर्दै थप लेखकीय सफलताको कामना गरे ।

उदासीले कुनैपनि आधिकारिक सन्दर्भ स्राेत/सामाग्रीकाे लागि
गुगलकाे स्राेतलाई आधिकारिक नमानिएकाे हुँदा पुस्तकमा धेरै ठाउँमा गुगलकाे स्राेत उल्लेख गर्नु कमजोरी भएको बताए ।

डाक्टर उदासीले अनुसन्धानकाे भाेकमा हाेमिएका टिकाबहादुरकाे कृतिमा माेहनविक्रम सिंह तथा चैतन्य ´माेहन वैद्य किरणकाे काव्यीक विकासमा नाम उल्लेख नहुनु दुखद भएको बताउँदै यसले इतिहास लेख्ने तर सुरुवातलाई नसमेट्नु इतिहास प्रतिकाे अपमान भयाे कि ? प्रश्न गरे । उनले दाङकाे कविता इतिहासमा नेत्रलाल अभागी र कृष्णसेन इच्छुकलाई छुटाउनु लखकीय कमजाेरी भएको बताए ।

विशिष्ट अतिथि राेशन जनकपुरीले उत्तरआधुनिकता माक्र्सवाद विराेधि विचार भएकोले त्यसमा मालेमावादीहरु सचेत रहन आग्रह गरे । उनले अर्थराजनीति, समाज विकास, संस्कृति तथा कला-साहित्य आदि सबैमा माक्र्सवादी दर्शन वैज्ञानिक र वस्तुवादी भएकोले माक्र्सवाद विरुद्धमा हुने कुनैपनि भ्रममा क्रान्तिकारीहरु पर्न नहुनेमा जाेड दिए ।

उनले टीकाबहादुरकाे पुस्तक दर्शनकाे सामान्य परिचयात्मतामा रहेकाे बताए । उनले साेभियत संघकाे विघटनलाई इतिहासकाे अन्त्य भन्ने फ्रासिसी फुकुँयामाले सनकमा राखेकाे अभिव्यक्ति काे पछाडि सत्यता नभएको ठाेकुवा गरे । उनले माक्र्सवाद समाज विकासँगै सधैं अधुराे हुने हुनाले उसका सार्वभौम मान्यतालाई मध्यनजर गरेर विकास गरिरहनुपर्ने बताए ।

त्यस्तै प्रमुख अतिथि प्रा.डा. यादवप्रकाश लामिछानेले टीकाबहादुरकाे सुरुवाती प्रयास प्रसंशनीय भएको बताए । उनले समालाेचना जटिल बिधा भएकोले यसमा निरन्तर साधनापूर्वक ढंगले लागेमात्र लेखनमा निखारता आउने बताए ।


लेखक टीकाबहादुरले समीक्षक र पाठकहरुका सुझाबहरुकाे आधारमा थप पुरस्कृत गरिने प्रतिबद्धता जनाए ।

हाेटल मालाइन घाेराहीमा मेधावी कन्सर्न सञ्चालक सुर्य बि.सी.काे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण युवा साहित्यकार घनश्याम आचार्यले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation