जोर्डनस्थित सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा ३ सैनिकको मृत्यु

मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ ब्रेओना एलेक्ससन्ड्रिया मोफेट रहेको अमेरिकी सरकारले जनाएको छ।  तिनीहरू आवास इकाईमा ड्रोन ठोक्किएर मारिएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हमलामा इरान समर्थित समूहको हात रहेको आरोप लगाएका छन्। अक्टोबर सात यताको इजरायल–हमास युद्धपछि यो हमला सबैभन्दा खतरनाक मानिएको छ।

हमला अघि अमेरिकी सेनामाथि इराक र सिरियास्थित समूहले एक सय पचासभन्दा बढी आक्रमण गरेको छ।  जसमा कम्तीमा सत्तरी जना घाइते भएका छन्। जोर्डनमा सयौँ अमेरिकी सैनिक प्रशिक्षकका रूपमा तैनाथ छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation