विपन्नको उपचारमा बराह माविको ४३ हजार सहयोग, उपचारमा ७ लाख बढी लाग्ने

इच्छा भए उपाय जहाँ पनि हुन्छ । दुखेको घाउमा मलहम पट्टी लगाउने काममा मानवीय मन भएमा हर जटिलतालाई सहजतामा ल्याउन सकिन्छ ।

प्यूठानको नौबहिनी गाउँपालिका नौबहिनी ३ खबाङ झिम्पका ४ कक्षामा अध्ययनरत एक विद्यार्थीको कलेजोमा संक्रमण भएपछि काठमाण्डौंको टिचिङ अस्पतालमा उपचार चलिलरहेको छ । १३ बर्षिय बालक स्वयम पुन मगरले सानै उमेरमा बुबा गुमाएका थिए । निजको पारिवारीक अवस्था नाजुक भएपछि सहयोगी दाताहरुको पहलमा उपचार सहयोग अभियान चलाइएको छ । स्थानीय समाजसेवी तथा पत्रकार महेश थापाका अनुसार सहयोगी मनकारी मनहरुको पहलमा हालसम्म झण्डै २ लाख ५० हजार नगद जम्मा भइसकेको छ ।

यसैक्रममा बराह मावि झिम्प खवाङ अवस्थित बराह माध्यमिक विद्यालय परिवारको तर्फबाट विपन्न बालक स्वयम् पुनको उपचारको लागि त्रिचालीस हजार पाँच सय साठी बिरामीका दाजुलाइ ले पनि बालकको उपचार सहयोगार्थ विद्यालयका स्टाफ तथा विद्यार्थीहरुबाट संकलन गरी रु. ४३ हजार नगद बिरामीका आफन्तलाई हस्तान्तरण गरेको छ ।

कलेजोको बिरामी भएकोले उनलाई उपचार गर्न मात्र्रै झण्डै ७ लाख लाग्ने अस्पतालले जानकारी गराएको आमा विपना पुनमगरले बताएकी छन् । बिरामी बालक बराह मावि झिम्पमा कक्षा ४ मा अध्ययरत छात्र हुन् । जटील रोगसँग लडिरहेका बालकलाई उपचारमा केही सहजता होस् भनेर विद्यार्थी र शिक्षकहरु सबै मिलेर सक्दो सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक तिलक पुन मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation