धर्मावती माविकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

प्युठान नगरपालिका-६ माझकोटमा रहेकाे धर्मावती माध्यमिक विद्यालयले आफ्नाे ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेकाे छ ।

साे समारोहकाे अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ भने आ-आफ्नो विषयमा उत्कृष्ट नतिजा निकाल्ने उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक पुष्षलाल पुनमगरले बताएका छन् ।

६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८० का अवसरमा विद्यालयले शैक्षिक सत्र २०७८ / २०७९ मा माध्यमिक शिक्षा परीक्षा (एसइइ), आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा र कक्षा ५ को वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरु, उत्कृष्ट सिकाइ उपलब्धि ल्याउन महत्त्वपूर्ण योगदान गर्ने शिक्षकहरूका साथै विद्यालय खुलेको जम्मा दिनमध्ये सबैभन्दा धेरै दिन विद्यालयमा उपस्थित हुने शिक्षकहरुलाई सम्मान गरेकने हाे ।

सम्मानित हुने शिक्षकहरुमा नियमित शिक्षक सम्मान तर्फ दिपक कुमार के.सी. (माध्यमिक तृतीय), शान्ता पुन मगर (प्राथमिक तृतीय), उत्कृष्ट शिक्षकमा मदन कुमार पुन मगर (नि मा तृतीय), त्यस्तै सामाजिक विषयमा दिपककुमार के.सी., पेसा ,व्यवसाय र प्रविधि शिक्षा, नारायण के.सी. (माध्यमिक तृतीय), २०७९ रहेका छन् भने नैतिक शिक्षा विषयमा पार्वती देवी पुन मगर (प्राथमिक तृतिय), सिर्जनात्मक कला विषयमा बिना खनाल (निम्न माध्यमिक तृतीय) रहेका छन् ।

उत्कृष्ट विद्यार्थी तर्फ:
बिपना पुन मगर : एसइइ २०७८ (जिपिए २.९५ ), प्रमोद भण्डारी : एसइइ २०७९ (जिपिए ३.२५), सन्ध्या बैजाली- बिएलइ २०७८ (जिपिए ३.१६), सिर्जन बि.क: बिएलइ २०७८ (जिपिए ३.१६), खुमा घर्ती मगर: बिएलइ २०७९ (जिपिए ३.६०), नेत्र बहादुर खत्री क्षेत्री : कक्षा ५ (२०७८), दिपेश पुन मगर : कक्षा ५ (२०७) रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश भण्डारीज्यूको अध्यक्षता, प्युठान नगरपालिका -६ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक नरेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation