राज्य लुट्ने छुट कसैलाई दिन सकिन्न : गृहमन्त्री श्रेष्ठ

१९ माघ, काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन् । कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले राज्य लुट्ने, अपराध गर्ने र जालसाझी गर्नेलाई जोगाउनेे काममा नलाग्न आग्रह गरे ।
शुक्रबार पोखरा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैलाई पनि छुट नदिने प्रतिबद्धता जनाए ।’उद्योगी व्यावासयी पनि गल्ती गर्छन् र कारबाही गर्न थाल्यो भने दबाब सुरु हुन्छ वक्तव्यबाजी सुरु हुन्छ । उद्योग व्यावसायीलाई त कारबाही गर्नु भएन नी ! हामीले कर तिरेका छौं’, उपप्रधानमन्त्री श्रेष्ठले भने,’ ठीक छ त, निजी क्षेत्रलाई पनि हामीले भनेको छौं निजी क्षेत्रको साथबिना नेपालको अर्थतन्त्रलाई अघि लैजान सकिन्न । तर कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन । कसैलाई पनि जालसाझी गरेर ठग्न छुन दिन सकिँदैन । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन । यस्तो प्रकारको दबाब र हस्तक्षेप भइराख्ने हो भने हाम्रो देशलाई बिगार्छ ।’

उनले हरेक क्षेत्रमा केही ककाम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए । ‘कुनै अपराधिक काममा, ठगीको काममा, जालसाझीमा कोही राजनीतिक पृष्ठभूमिको मान्छे पक्राउ पर्‍यो भने पार्टीकै नेताहरु कराउन थाल्छन् । उ त नेता हो । हाम्रो पार्टीको हो । गठबन्धनको हो वा प्रतिपक्षको हो । गर्न पाइँदैन । तर त्यसरी चल्दैन । कर्मचारीले गल्ती गर्‍यो र कारबाही गर्न थालियो भने कर्मचारी संगठन बोल्न थाल्छ । माथिल्लो उच्चपदस्थ कर्मचारी नै बोल्न थाल्छ कर्मचारीलाई त त्यो गर्नु भएन नी भनेर’ उपप्रधानमन्त्री श्रेष्ठले भने । उनले कुनै पनि कर्मचारी र सुरक्षा अधिकारीहरु दृढतापूर्वक उभिनुपर्ने बताए । ‘कुनै पनि बाञ्छित हस्तक्षेपबाट तपाईंहरु हच्किनु पर्दैन । दृढतापूर्वक सामना गर्नका लागि अपिल गर्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation