ल्होसारको उपलक्ष्यमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

२७ माघ, काठमाडौं 

राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वबाट नेपालीबीच सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन्।

तामाङ समुदायको ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न यस्ता पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषको मात्र नभएर सिङ्गो राष्ट्रका साझा भएको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहेको उल्लेख छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation