यू-१९ विश्वकप क्रिकेट: उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

२८ माघ, काठमाडौं

आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्।

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ।  पाकिस्तानलाई  हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ।

पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो।

जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्र्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation