Pranmancha

Advertisment

SKIP THIS

त्रिवि शिक्षण अस्पतालले आजदेखि आकस्मिक कक्षमा सीमित बिरामीको उपचार गर्ने- सूचना सहित

२९ माघ, काठमाडौं

त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ। आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको हो।

‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ। उपचारमा आउनुहुने बिरामीमा पर्नजाने असुविधाका लागि त्रिवि शिक्षण अस्पताल क्षमा चाहन्छ’, सोमबार प्रकाशित सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation