पाटन विस्फोटको तुरुन्त छानविन गरः गृहमन्त्री

पाटन औद्योकि क्षेत्रमा भएको अक्सिजन प्लान्ट विस्फोटमा गंभिर घाइते अर्का एक भारतिय कामदारको पनि मृत्यु भएको छ । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन्। घाइते पाँच जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरी ललितपुरका प्रमुख उपरीक्षक विकास घिमिरेलाई घटनाको छानबिन छानविन गरि सत्यतथ्य तुरुन्त बहिर ल्याउन पनि निर्देशन दिएका हुन्।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार उक्त विस्फोटमा एकजनाको मृत्यु भएको छ भने उपचाररत अर्का भारतीय नागरिकको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका ६ जनामध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ। अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकको उद्धार गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation