२९ माघ, काठमाडौँ
तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।
नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।