माण्डवीले मात्र दियो जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

प्युठान।नौ स्थानीय तह रहेको प्युठानमा माण्डवी गाउँपालिकाले मात्रै जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता जितामित्र सुनारले जानकारी दिए ।

जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मान र संरक्षणको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोशन’ले बताए । दिवसको अवसरमा  सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदात प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ । फागुन १ गते पालिका मातहतका सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बन्द हुनेछ ।

सर्वोच्च अदालतले नेपाल सरकारको निर्णय विरुद्ध परमादेश जारी गरेपनि अहिले विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरिरहेका छन् ।

गाउँपालिकाले प्रकाशित गरेको सूचना ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation