एसीसी महिला प्रिमियर कप: आज नेपाल र माल्दिभ्स भिड्दै

एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ।

यो खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८(८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन्।

यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation